पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ"/>
२ पुष २०८२, बुधबार
पर्बत - PBT

एमालेले बहुमतकोे आडमा मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोज्यो – कांग्रेस

१८ भाद्र २०७४, आईतवार १२:२३

पर्वत । कुश्मा नगरपालिकामा एमालेले आपफ्रनो बहुमतको दम्भ देखाएका कारणा नगरपालिका कमजोर हुन लागेको नेपाली काँग्ेसले बताएको छ । लामो समय हुदाँ समेत कूश्मा नगरपालिकाको नीति तथा कार्यत्रफम सार्वजानिक हुन नसक्नुमा एमालेको बहुमतको दम्भ भएको एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काँग्रेसले जनाएको छ ।

यस्तैमा केहि दिन अगाडी एमाले पर्वतका अध्यक्ष पदम गिरीले प्रेस चौतारी निकटका पत्रकारहरुसँग कुरा गर्दै कश्मा नगरमा नेपाली कांग्रेसले दम्भ देखाएको र जनप्रतिनिधीहरुलाई काम गर्न नदिएको बताएको केहि दिन नहुँदै आज नेपाली कांग्रेसले पत्रकार सम्मेलन कै आयोजना गरेर यी सबै एमालेको नौटकीं भएको बताएको छ ।

आज कुश्मा बजार स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली कांग्रेस पर्वतका पार्टी सभापती खिम प्रसाद भुषालले एमालेले जनप्रतिनिधीहरुलाई पार्टीको बुख्याचा जस्तो बनाएको आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै सभापती भुषालले भने नेपाली कांग्रेसबाट टिक लिएका हाम्रो साथीले चुनाव जित्नु भएको छ उहाँ चुनाव जितेपछि जनप्रतिनिधी हो उहाँलाई काम गर्न किन नदिएको भन्दै एमाले अध्यक्ष पदम गिरीले भैसकेको सहमतीलाई पनि एमाले पार्टी कार्यालयमा लगेर तोडेको आरोप लगाए ।

पत्रकार सम्मेलनमा भुषालले अगाडी भने कुश्मा नगरमा एमालेको बुहमत छ अन्त कांग्रेसको पनि छ हामीले अन्त सबै स्थानहरुमा मिलेर काम गरौं भनेर सहमती गरेका छौं तर यहाँ एमालेले मान्दै मान्दैन भन्दै कुश्मा नगरका मेयरको हातखुट्टा बाधेर कुर्सीमा राख्न खोजिएको छ यसरी कहाँ सहमती हन्छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापती खिम प्रसाद भुषालद्धारा जारी गरिएको प्रेस बिज्ञप्ती पनि पत्रकारहरुलाई दिईएको छ । कांग्रेस पर्वतद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । पछिल्लो समयमा कुश्मा नगरपालिको बिषयलाई लिएर नेपाली कांग्रेसको समेत नाम जोडि नेकपा एमाले पर्वतले गरेको मिडियाबाजीप्रति कांग्रेसको ध्यान आर्कषण भएको भन्दै स्थानिय तह मार्फत आफ्नो समृद्धीको सपना देखेका नगरवासीको भावनालाई कुठाराघात गरि राजनितीको नियोजित प्रपञ्चमा नगरपालिकालाई बन्धक बनाउन खोज्ने र उल्टै कांग्रेस पार्टीलाई दोष लगाएर जनतामा भ्रम श्रृजना गर्न खोज्ने एमाले पर्वतको नौंटर्की चरित्रको हामी घोर भत्र्सना गर्दछौं भनिएको छ ।

साथै बिज्ञप्तीमा कुश्मा नगरमा जनताले चुनाव जिताएका जनप्रतिनिधि नगरबिकासको लागि सकारात्मक हुँदा हुँदै ति जनप्रतिनिधीलाई समेत हस्तक्षेप गरि कुश्मा नगरपालिकालाई एमाले पार्टी कार्यालयबाट संञ्चालन गर्न खोज्ने नेकपा एमाले र एमाले नेतृत्वको रवैया गैरराजनैतिक र अलोकतान्त्रिक भएको बताएको छ । नेपाली कांग्रेस सदैव कुश्मा नगरको बिकासको लागि सकारात्मक रहेको भन्दै बिज्ञप्ती मार्फत आफ्नो राजनैतिक स्वार्थ पुर्ति सिद्ध गर्न खोज्ने नौटकीपुर्ण द्धयद चरित्रको भण्डाफोर गर्न अपिल गर्दछौं भनिएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव युक्त प्रसाद श्रेष्ठको संञ्चालनमा भएको पत्रकार सम्मेलनको अध्यक्ष कांग्रेस सभापती भुषाल नै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने