2026-08-24 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट

इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ ।
मङ्गलबार बिहान करिब ०६५० जिएमटीमा ब्रेन्ट पाँच दशमलव दुई प्रतिशतले घटेर प्रतिब्यारेल ६७ दशमलव ७५ डलरमा झरेको थियो भने मुख्य अमेरिकी कच्चा तेल सम्झौता डब्लुटिआई प्रतिब्यारेल पाँच दशमलव चार प्रतिशतले घटेर ६५ दशमलव ०१ डलर भएको थियो ।
“द्वन्द्वको सम्भावित अन्त्यलाई बजार सहभागीहरूले स्वागत गरेका छन्”, एमयुएफजीका ली हार्डम्यानले लेख्नुभएको छ । उहाँले ब्रेन्टले ‘द्वन्द्व सुरु भएदेखि नै सबै लाभहरू लगभग पूर्ण रूपमा उल्ट्याएको’ बताउनुभयो ।
“अमेरिकी डलरले हालैको लाभ फिर्ता दिएर एफएक्स बजारमा पनि यस्तै परिवर्तन भइरहेको छ ।  यदि मध्यपूर्वको जोखिम अब बजार चालकका रूपमा पृष्ठभूमिमा मिसिएको छ भने अमेरिकी डलरको कमजोर प्रवृत्ति फेरि सुरु हुने सम्भावना बढी छ”, उहाँले भन्नुभयो ।
इरानले रणनीतिक स्ट्रेट अफ होर्मुज हुँदै तेल ढुवानीलाई रोकेर आफ्नो आणविक सुविधाहरूमा सप्ताहन्तमा अमेरिकी आक्रमणको बदला लिनसक्ने सम्भावनामा सोमबार बिहान कच्चा तेलको मूल्यमा केही समयका लागि वृद्धि भएको थियो ।
तर इरानले कतारको प्रमुख अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको र तेलक्षेत्रको सम्पत्ति अप्रभावित रहेको बताएपछि तिनीहरू सात प्रतिशतसम्म तल झरेको थियो ।
 युद्ध प्रिमियम 
“तेहरानले राम्रो खेल्यो । तिनीहरूको ‘प्रतिशोध’ ले कतारको अमेरिकी आधारमा प्रहार गर्‍यो–हेडलाइनहरूका लागि पर्याप्त चर्को, तेल बजारको जग हल्लाउन नसक्ने शान्त”, एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भन्नुभयो, “र एकचोटि यो स्पष्ट भएपछि युद्धको प्रिमियम कच्चा तेलबाट बाहिर निस्कियो ।”
इजरायली सरकारले मङ्गलबार एक विज्ञप्तिमा इरानसँगको युद्धमा देशले ‘सबै उद्देश्य हासिल गरेको’ र यसले ‘तत्काल दोहोरो अस्तित्वको खतराः आणविक र ब्यालिस्टिक’ हटाएको बताएको छ ।
“इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घनको कडा जवाफ दिनेछ”, विज्ञप्तिमा भनिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते