2026-09-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीकृष्ण माविमा खानेपानी परियोजना

असोज २० पोखरा | पोखराको मासबारमा अवस्थित श्रीकृष्ण माविमा विश्व कनफ्युसियस महासंघ नेपाल शाखाले दुई लाख रुपैयाँ नगद आर्थिक सहयोग गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेनले कनफ्युसियस कुनै धर्म नभइकिन एउटा दर्शन, सिद्धान्त रहेको र कनफ्युसियसको बारेमा वर्णन पश्चात नगद दुई लाख रुपैया विद्यालयका अध्यक्ष र प्रिन्सिपललाई हस्तान्तरण गर्दै सहयोग रकमले विद्यालयको खानेपानीमा सुधार आउने र आगामी दिनहरुमा यस्ता खालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै निकट भविष्यमा चिनिया भाषाको कक्षा समेत संचालन गर्ने जानकारी गराएका थिए ।

विद्यालयका प्रिन्सिपल केदारनाथ अधिकारीले विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेनलाई आर्थिक सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्ता खालका सहयोगको अपेक्षा सहित विद्यालयमा अब शुद्ध खानेपानीको प्रवन्ध भएको र करिब ३५० जना विद्यार्थीहरु प्रत्यक्ष रुपमा यस परियोजनाबाट लाभान्वित हुने जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले सम्भव र सकरात्मक परिवर्तनको सम्बाहक स्वंयम आफै बन्नुपर्ने र विद्यालयको बृहत्तर प्रगति र हितको निम्ति पहलकदम चाल्नुपर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विश्व कनफ्युसियस महासंघका प्रमुख जोनसन चेन, अतिथिहरुमा वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र बराल, शिक्षक अभिभावक संघका अध्यक्ष सुर्य बहादुर कार्की, विद्यालयका प्रिन्सिपल केदारनाथ अधिकारी, चिन–नेपाल विश्व कनफ्युसियस महासंघ टोलिका संयोजक रामनारायण डङ्गोल, पोखराका संयोजक दिपक कार्की र चिनिया टोलीका सदस्यहरु रहेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अनिल खड्का र स्वागत मन्तव्य शिक्षक घनश्याम अधिकारीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा