भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिर्चैयाको मेयरमा टिकट नपाएपछि यादवले गरे फोरम परित्याग

२० भाद्र २०७४, मंगलवार १०:०१


भदौ २०, सिरहा । आसन्न स्थानीय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरमा टिकट नदिएको भन्दै संघिय समाजबादी फोरम नेपाल सिरहाका प्रभाबशाली नेता राम दयाल यादवले पार्टी परित्यागका घोषणा गरेका छन् । 

मिर्चैयामा आज (मंगलवार) संचारकर्मीहरुसंग कुराकानी गर्दै मिर्चैया नगरपालिकाका नगर प्रतिनिधि समेत रहेका यादबले पार्टीले आफ्नो बलिदानी र योगदानको बाइपास गरी मिर्चैया नगरपालिकाको मेयरको टिकट बितरण गरेकोले पार्टीमा बस्ने औचित्य नरहेकोले साधारण सदस्य समेत नरहने गरी संघिय समाजबादी फोरम नेपाल परित्याग गरेको बताए । 

आसन्न स्थानिय तहको निर्वाचनमा मिर्चैया नगरपालिकाको मेयरका लागि फोरम नेपाल जिल्ला कार्य समिति सिरहाले आफ्नो नाम केन्द्रिय कार्य समितिमा सिफारिस गरेको थियो । तर पार्टीका केन्द्रिय नेतृत्बले संघर्षको अबमुल्यन गरी योगदानको लत्याउँदै आफुलाई टिकट नदिएपछि बाध्य भएर पार्टी परित्याग गर्नु परेको नेता यादबले बताए ।

मिर्चैया नगर अध्यक्ष उपेन्द्र सिंह, सचिब जय कुमार राय, मिर्चैया नगरपालिका बडा नं. १ का सम्भाबित बडा अध्यक्षको उम्मेदवार सुरेश महासेठ, बडा नं. ७ का बडा अध्यक्ष पंकज साह, बडा नं. ८ का बडा अध्यक्ष हरी राय, बडा नं. ९ का बडा अध्यक्ष योगेन्द्र यादब, बडा नं. १० का बडा अध्यक्ष बृजकिशोर सिंह, बडा नं. ११ का बडा अध्यक्ष राम किशोर सिंह लगायत एक हजार भन्दा बढी नेता कार्यकर्ता सहित निर्बाचनको पुर्ब संध्यामा फोरम नेपाल परित्याग गरेको यादबले दाबी गरे । 

नेता यादबले मधेश आन्दोलन २०६३–०६४ देखि फोरम नेपालमा आफूले दिएको योगदान र निष्ठालाई लत्याउदै पार्टीका केन्द्रिय नेतृत्बले मुल्यांकन नगरी पाखा लगाएको आरोप लगाए । पार्टी अध्यक्ष उपेन्द्र यादबले समेत टिकट दिने आश्वासन दिए पनि अन्तिम समयमा आएर नदिएपछि पार्टीमा बस्ने कुनै आधार नदेखिएकोले परित्याग गरेको यादबले स्पष्ट गरे । 

केहि केन्द्रिय नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि जातीबाद, नाताबाद, कृपाबाद र आर्थिक प्रलोभनमा परी पार्टीको सिद्धान्त बिपरित आफुले पार्टीमा गरेको त्याग, तपस्या र बलिदानीको केहि ख्याल नगरि एकलौटी र तानाशाही ढंगले टिकट बितरण गरेको नेता यादबले आरोप लगाए । 







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता