२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन भयो : सांसद कार्की

१४ असार २०८२, शनिबार १४:५५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् ।

मानव तस्करीका नाममा किन नेपाली जनतालाई लुटेको ? भन्दै उनले प्रश्न गरिन् । “गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदै छ, यसको जवाफ छ गृहमन्त्रीज्यू ?,” उनले भनिन्, “बीपीले भन्नुभएको थियो– जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ ?

उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको टिप्पणी गरिन् । “गृहमन्त्रीज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ,” उनले भनिन्, “उहाँले त यस्तो समिति बनाउनुभयो कि उहाँलाई फुत्किन र कमाइ बचाउन धेरै सजिलो भयो ।”

उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन् । “धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,” उनले भनिन्, “तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।”

उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै