२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वार्ता पुनः सुरु हुनअघि अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

१६ असार २०८२, सोमबार १७:०४
काठमाडौँ । इरानका उप–विदेशमन्त्री माजिद तख्न–रावान्चीले आइतबार साँझ बिबिसीलाई अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबीच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताउनुभएको छ ।
उहाँले बेलायती प्रसारणकर्तालाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको सङ्केत गरेको बताउनुभयो ।
“हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ । के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ ?”
अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए । जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो ।
उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ सङ्केत दिएको बिबिसीलाई खुलासा गर्नुभयो ।
तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने पनि बताउनुभयो ।
“यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनु हुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जङ्गलको कानून हो”, उहाँले भन्नुभयो ।
इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्न नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘पूर्ण रूपमा नष्ट’ भन्नु भएपनि इरानको आणविक सुविधाहरूमा भएको आक्रमणले कति क्षति पुर्‍याएको छ भन्ने अझै स्पष्ट भएको छैन ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले इरानले ‘केही महिनाभित्र’ समृद्ध युरेनियम उत्पादन गर्न सक्ने बताउनुभएको छ ।
तख्त–रावान्चीले कति समय लाग्ने हो थाहा नभएको बताउनुभयो ।
सन् २०१५ को सम्झौताअनुसार इरानलाई व्यावसायिक आणविक उर्जा संयन्त्रका लागि तीन दशमलव ६७ प्रतिशतभन्दा कम शुद्धताको युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो ।
ट्रम्पले सन् २०१८ मा सम्झौता त्याग्नुभयो र इरानले नागरिक प्रयोगका लागि स्तरभन्दा माथि तर अझै पनि हतियार ग्रेडभन्दा तल ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गरेर जवाफ दियो ।
त्यो सामग्री, यदि थप परिष्कृत गरियो भने, सैद्धान्तिक रूपमा नौ भन्दा बढी आणविक बमहरू उत्पादन गर्न पर्याप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य