2026-11-03 04:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

चीन र इयुले ‘टकराव खोज्नु हुँदैन’ : विदेशमन्त्री वाङ

चीनका विदेशमन्त्री वाङ यीले आफ्ना युरोपेली सङ्घ (इयु) समकक्षीलाई ‘टकराव’ विरुद्ध चेतावनी दिनुभएको छ । विदेश मन्त्रालयले बिहीबार बेइजिङलाई युरोपको सुरक्षालाई कमजोर पार्न रोक्न आग्रह गरेपछि उहाँको यस्तो भनाइ आएको हो ।
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्ति अनुसार बुधबार ब्रसेल्समा काजा कालासलाई भेट्दै विदेशमन्त्री यीले चीन र इयुलाई ‘मतभेदका कारण विपक्षीका रूपमा मान्न नहुने, न त उनीहरूले असहमतिका कारण टकराव खोज्नु पर्ने’ बताउनुभयो ।
युरोपले विभिन्न चुनौतीको सामना गरिरहेको छ भन्दै उहाँले तर कुनै पनि ‘विगत, वर्तमान वा भविष्यमा’ चीनले गर्दा नभएको जोड दिनुभयो ।
उहाँहरूको बैठकअघि इयुको विदेश मामिला प्रमुख कालासले चीन ‘हाम्रो विरोधी होइन, तर सुरक्षामा हाम्रो सम्बन्ध बढ्दो तनावमा रहेको’ बताउनुभयो ।
उहाँले चिनियाँ कम्पनीहरू ‘युक्रेन विरुद्धको युद्धलाई निरन्तरता दिन मस्कोको जीवनरेखा’ भएको बताउनुभयो । उहाँले बेइजिङले साइबर आक्रमण, लोकतान्त्रिक हस्तक्षेप र अनुचित व्यापार अभ्यासहरू गरेको आरोप लगाउँदै यसले ‘युरोपेली सुरक्षा र रोजगारीलाई हानि पुर्‍याउँछ’ भन्नुभयो ।
युक्रेनसँगको रुसको तीन वर्षभन्दा लामो युद्धमा चीनले आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गरेको छ । तर पश्चिमी सरकारहरूले बेइजिङले मस्कोलाई महत्त्वपूर्ण आर्थिक र कूटनीतिक समर्थन दिएको बताउँछन् ।
“युरोपसँग नजिकको सम्बन्ध खोज्दै युरोपमा युद्धलाई सक्षम पार्नु भनेको एक विरोधाभास हो जसलाई बेइजिङले सम्बोधन गर्नुपर्छ”, कालासले बुधबार भन्नुभयो ।
यसैबीच विदेशमन्त्री वाङले महाशक्ति प्रतिद्वन्द्वी वासिङ्टनविरुद्ध बेइजिङलाई एक स्थिर सन्तुलनकर्ताका रूपमा चित्रण गर्न खोज्नुभयो । वासिङ्टनले युरोपेली राष्ट्रहरूबाट आयातमा व्यापक भन्सार शुल्क लगाउने धम्की दिएको छ ।
“अमेरिकाले लिएको बाटो चीनको प्रतिबिम्बका रूपमा प्रयोग गरिनु हुँदैन”, उहाँले भन्नुभयो, “चीन अमेरिका होइन ।”
बेइजिङको विदेश मन्त्रालयले पनि दुई पक्षले युक्रेन, इजरायल र प्यालेस्टिनबीचको द्वन्द्व र इरानको आणविक मुद्दाबारे छलफल गरेको बताएको छ ।
“बेइजिङ र ब्रसेल्सले एकअर्कालाई ‘सम्मान’ का साथ व्यवहार गर्नुपर्छ”, वाङले भन्नुभयो, “युरोपले अझ बढी ‘सक्रिय र व्यावहारिक’ चीन नीति अपनाउनुपर्छ ।”
वाङले बुधबार युरोपेली आयोगकी प्रमुख उर्सुला भन डेर लेयन र उहाँका बेल्जियमका समकक्षी म्याक्सिम प्रिभोटसँग पनि भेट गर्नुभयो ।
“चीन र इयुले बहुपक्षवाद र स्वतन्त्र व्यापारलाई समर्थन गर्नुपर्दछ… र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न सँगै मिलेर काम गर्नुपर्दछ”, वाङले भन डेर लेयनलाई भन्नुभयो ।
वाङले अब जर्मनीको यात्रा गर्नुहुनेछ । जर्मनीमा उहाँले कूटनीति र सुरक्षासम्बन्धी विषयमा विदेशमन्त्री जोहान वाडेफुलसँग वार्ता गर्नुहुनेछ ।
त्यसैगरी फ्रान्समा, वाङले मार्चमा चीन भ्रमण गरेका युरोप र विदेश मामिला मन्त्री जिन–नोएल बारोटसँग भेट गर्नुहुनेछ ।
बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र इयुका शीर्ष अधिकारीहरूबीचको शिखर सम्मेलन हुनुभन्दा करिब तीन हप्ता अगाडि यी भ्रमणहरू भएका हुन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य