2026-09-04 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुफाल बिमानस्थल ८६ दिनपछि सञ्चालनमा आउँदै

टेक शाही/भदौ २२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल ८६ दिन पछि सञ्चालनमा आउने भएको छ । 

बिहिबार बिहान तारा यएरले जुफाल बिमानस्थलमा परिक्षण उडान गर्ने भएको जुफाल बिमानस्थल कार्यालय डोल्पाले जानकारि दिएको छ । कुल ५ सय ६० मिटर लम्बाइ रहेको जुफाल बिमानस्थल गएको असार १ गते देखि कालो पत्रेका लागि बन्द गरिएको थियो । 

धावन मार्ग करिव सकिएको र जहाज उडानको लागि आवास्यक पर्ने धावनमार्ग पूरा भएकोले परिक्षण उडान गर्न प्राबिधिक रुपमा ठिक रहेको नागरिक उड्यन प्राधिकरणका इन्जीनियर बिर प्रशाद शाहीले जानकारि दिए ।

बिहिबार बिहान नेपालगञ्जबाट तारा यएरले पहिलो परिक्षण उडान भर्ने र त्यस पछि सुर्खेतबाट कमालु यएरले दोस्रो उडान भर्ने इनजीनियर बिर प्रसाद शाहीले जानकारि दिए । उनले भने पार्किङ्ग र बाँकी रहेको धावनमार्ग बनदै गर्ने र परिक्षण उडान पछि नियमित हवाइ सेवा सञ्चालन गर्ने बताए । 

लगातार कालो पत्रेको काम गरे पनि बिभिन्न समयमा मेसिनमा समस्या आउने गरेकोले अझै पनि पूर्ण रुपमा कालो पत्रेको काम सकिएको छैन । धावन मार्गको ५० मिटर बाँकी रहेको छ भने ६०/४० मिटरको पार्किङ्ग पनि कालो पत्रेको लागि बाँकी नै रहेको बिमानस्थल कार्यालयले जानकारि दिएको छ । 

नेपालीहरुको महान चाड बडादशै पनि नजिक आएको र यातायातको अन्य कुनै माध्यायम नभएको कारण पनि छिटै बिमानस्थल सञ्चालनमा ल्याउन लागेको नागरिक उड्यन कार्यालयले जानकारि दिएको छ । करिव ३ महिनाको लामो समय पछि बिमानस्थल खुल्ने खबर पाए पछि डोल्पाका स्थानियहरु खुसि भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै