पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सान"/>
२२ मंसिर २०८२, आईतवार
पर्बत - PBT

क्यान्सर पीडित नेपालीको उपचारमा आर्थिक समस्या

२३ भाद्र २०७४, शुक्रबार ०२:४३

पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सानी ६ बर्षिया छोरीलाई छोडेर श्रीमान्सँगै ठूलो सपना देखेर विदेश गइन ।

काखको बच्चालाई रुहाउँदै विदेशी भूमिमा जान कसलाई पो रहर हुन्छ र तर बाध्यता र घरको आर्थिक अबस्था अतिनै कमजोर भएकाले विदेशमा केहि कमाइ होला र यीनै छोराछोरीको उज्जवल भविष्य बनाउलाई भन्ने मिठो सपना सजाएर खाडी मुलुक बहराइन पुगेकी नेपाली ६ महिना नवित्दै नेपाल फर्किन बाध्य भइन् ।

छोराछोरीलाई उच्च शिक्षा बाट बञ्चित हुन नदिन र उनीहरुको पढाइर घर खर्च जुटाउनकै लागि विदेशी भूमिमा पुगेकी नेपाली शरिरभरी निला डामहरु देखिएपछि र उतै उपचार गर्दा केहि रोग पत्ता नलागेपछि उनी श्रीमान्सँगै उपचार गर्ने भनि नेपाल फर्किन् । २ महिनाको छुट्टी लिएर उपचार गर्न आएकी  नेपाली भरतपुर बहिनी भएका कारण उतै उपचार गर्न सजिलो होला भनी भरपुर गइन । 

विभिन्न अस्पतालमा उपचार गरीन् लाखौ रुपैयाँ खर्च गरीन तर कसैले पनि रोगको पहिचान गर्न सकेनन् । उनलाई अन्त्यमा भरपुर विपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न लगियो । भरतपुर अस्पतालमा पुगेपछि बल्ल थाहा भयो कि उनलाई ब्लड क्यान्सर भएको रहेछ ।

२ महिनामा रोग निको होला र फेरी विदेश जाउँला र केही कमाउला भन्ने सोचमा रहेकी उनी अहिले डेढ महिनादेखि अस्पतालको बेडमा थलिएकी छिन् । दैनिक जसो रगत र औषधी चढाउनुपर्ने भएपछि आर्थिक अबस्था कमजोर भएको उक्त परिवारमा थप समस्या पैदा भएको छ । 

उपचाररत रहेकी नेपालीलाई स्याहारसुसार गरीरहेकी उनकी कान्छी बहिनी संगिता नेपाली भन्छिन् दिदीको उपचारको लागि दैनिक १५ हजार खर्च हुन्छ । आर्थिक अबस्था कमजोर छ यहाँ त गरीबलाई बाँच्न पनि कठिन हुने रहेछ ।

लाखौ रुपैयाँ खर्च भैसक्यो, दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदै आएको छ  तर अब त औषधी र आवश्यक रगत खर्च गर्नको लागि पनि धौधौ होला जस्तो छ । कसैको सहयोग पाए दिदीले पुर्नजन्म पाउनुहुने थियो ।

उनले सहयोगका लागि  देश तथा विदेशमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरुमा समेत गुहारेकी छिन् । उपचारमा आर्थिक अभाव हुन थालेपछि उनले आफ्नी दिदी बचाइदिन भन्दै सहयोगको लागि याचना गरेकी छिन् । आर्थिक सहयोग कतैबाट भए दिदीको उपचारमा ठूलो राहत पुग्नेछ । त्यसैले मानविय सहयोग गरौ र नेपालीलाई बचाऔं । बहिनी संगिताले भनिन् । 

आर्थिक संकलन 

उपचारमा आर्थिक संकट देखिन थालेपछि बहिनी संगिताले सहयोग रसिद तयार गरी आर्थिक सहयो ग जुटाउन हिडिरहेकी छिन् । विभिन्न व्यक्ति संघसंस्थाबाट हालसम्म ६०÷७० हजार जति संकलन भएको उनले बताइन् । दिदीको बारेमा विभिन्न संघसंस्थामा जानकारी गराएपछि व्यक्ति तथा संघसंस्थाले केहिमात्रमा भएपनि सहयोग गरेका छन् । केहि हदमा भएपनि उपचारमा सहयोग भएको छ उनले भनिन् ।

दिदीको उपचारमा धेरै रकम खर्च भयो, खर्च अनुसार दिदीको स्वास्थ्यमा पनि क्रमिक सुधार हुदैछ तर रोग पूर्ण निको भैनसकेकाले आर्थिक सहयोग अतिनै आवश्यक छ । उपचारको लागि रगत, आर्थिक सवैको खाँचो छ । कसैको सानो सहयोगले पनि हामीलाई ठूलो सहयोग हुनेछ । उनले भनिन् ।

छोराछोरीको भविष्यमा चुनौती 

छोरा मनोज नेपाली अहिले कक्षा १० मा अध्ययनरत छन् । कुश्मामा रहेको नारायणमाविमा अध्ययनरत नेपाली एसइइ परीक्षाको तयारीमा छन् । अस्पतालको बेडमा आमा जीवन र मृत्युको दोसाँधमा छिन उनी एसइइ परीक्षाको तयारीमा छन् । उनलाई यो अबस्थामा निकै समस्या छ ।  घरको आर्थिक अबस्था कमजोर भएका कारण र भएको रकम पनि आमाको औषधी उपचारमा खर्च भएपछि उनको आगामी उच्च शिक्षाको लागि आर्थिक संकट पैदा हुने देखिन्छ । आमा थलिएर अस्पतालमा भर्नागरे देखि  अंकलको घरमा बसेर पढिरहेका छन् । 

६ बर्षिया छोरी मिरा आमासँगै अस्पतालमा छिन् । उनको पनि पठनपाठनमा समस्या पैदा भैराखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य