काठमाडौँ । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।
संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको हो । यस्तै, न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपाललाई अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।
नेकपा (माओवादी केन्द्र)ले भने बैठक नै बहिष्कार गरेको थियो । व्यक्तिका नाममा आपत्ति नभए पनि समावेशी हुनुपर्ने माग माओवादीको थियो ।