टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परि"/>

2026-09-02 08:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुफाल बिमानस्थल तीन महिनापछि संचालन (फोटोफिचर)


टेक शाही/भदौ २३, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलमा ३ महिना पछि परिक्षण उडान भएको छ । 

शुक्रबार बिहान ९: १५ बजे तारा यएरको ९ एनएबिएम जहाजले परिक्षण उडान गरेको जुफाल बिमानस्थल कार्यालयले जानकारि दिएको छ । 

तारा यएरका बरिष्ठ क्याप्टेन प्रभाकर घिमिरे,क्याप्टेन बसन्त लामा,अप्रेसन अफिसर सौर्हाद बजगाँइ,यएर होस्टेज जेनी शेर्पा र नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमूख प्रताब बाबु तिवारि सहित ५ जनाको टोलीले जुफाल बिमान स्थलामा परिक्षण उडान गरेको ताराय यएरका डोल्पा इष्टेशन इन्चार्ज यज्ञ शाहीले जानकारि दिए  । 

कालो पत्रेको लागि गएको असार १ गते देखि बिमानस्थल बन्द गरिएको थियो । ५ सय ६० मिटर धावनमार्ग रहेको जुफाल बिमानस्थलमा कालिका सिद्धि साइ कन्सट्रक्सन जेवीले कालो पत्रेको लागि जिम्मा लिएको प्राधिकरणका इन्जीनियर बिर प्रशाद शाहीले बताए । 

परिक्षण उडान राम्रो भएको र डोल्पामा सोचे अनूरुप धावनमार्ग बनेकोले अब कुनै पनि बिमान कम्पनीका टवीनवटर र लेट जहाजले उडान भर्न सक्ने क्याप्टेन प्रभाकर घिमिरेले बताए । उनका अनुसार प्रयोगमा आएको धावनमार्ग राम्रो भएको र अब ढुक्का साथ पाइलटले उडान गर्न सक्छ भने । 

हाल डोल्पामा उडान भर्दै आएका जहाज कम्पनीका जहाजले उडान भर्ने र डोनीयर जहाजको लागि भने डोनीयर आफैले नै परिक्षण उडान भर्नु पर्ने त्यसका साथै उनिहरुका लागि प्राबिधिक कठिनाइ बारे पत्तो लाग्ने क्याप्टेन बसन्त लामाले बताए । उनले भने अन्य जहाजका लागि धावनमार्ग ठिक छ तर डोनियरका लागि अफुले भन्न नँसक्ने बताए । 

बिभिन्न समस्याका बावजुद पनि धावनमार्ग कालो पत्रे भएको र अब उडान भर्न सक्ने सबै जहाज कम्पनीले डोल्पाको जुफाल बिमानस्थलमा उडान भर्नेमा ढुक्क हुन नागरिक उड्यन प्राधिकरण नेपालगञ्जका प्रमूख प्रताब बाबु तिवारिले सबैलाइ जानकारी गराए । उनले भने सिता यएर,तारा,मकालु,गोमाको लेट बिमान र अन्य जहाजले दैनिक उडान भर्नुका साथै अब जहाज कम्पनीले पहिलेको जस्तो दुख भोग्ने दिनको अन्त्य भएको बताए । 

कालोपत्रे र परिक्षण उडान सँगै डोल्पा नेपालगञ्ज र डोल्पा काठमाण्डौको हवाइ भाडादर घटेको छ । डोल्पा नेपालगञ्जको लागि ३ हजार ६ सय ७५ बाट ६० रुपैया घटाइएको छ भने डोल्पा काठमाण्डौको लागि ७ हजार ७ सय ५० बाट १ सय रुपैया घटाइएको तारा यएरका डोल्पा इन्चार्ज यज्ञ शाहीले जानकारि दिए । 

शुक्रबारको परिक्षण उडानमा १३ जना यात्रुले नेपालगञ्जका लागि पहिलो यात्रा गरेका छन । करिव ३ महिना पछि हवाइ यातायात सुचारु हुने भए पछि डोल्पालीहरु खुसि मनाएका छन । जहाजमा आएका ५ जनाको टोलीलाइ स्थानियले माला राइकाले स्वागत गरेका थिए । अब दैनिक उडान हुने भए पछि डोल्पालीले अकालमा मृत्यू हुन नपर्ने स्थानिय बासि बालकृण डाँगीले बताए । उनले भने अब ब्यावसाय पनि बढने कुरामा आसाबादि छौ ।

डोल्पालीको समस्यालाइ मध्यनजर गर्दै हवाइ यातायात सूचारु गरे पनि धावन मार्गको ५५ मिटर र पार्किङ्गको ६०÷४० मिटर भने कालोपत्रे हुन बाँकी रहेको प्राबिधिक बिर प्रशाद शाहीले जानकारि दिए । उनका अनुसार ब्रेकरमा समस्या आएकोले मर्मत गर्न २ दिन लाग्ने र तत्काल सबै काम सूचारु गरि २० दिनमा काम सम्पन्न गर्ने बताए । 

धावनमार्गमा ५५ मिटर बाँकी रहेको भए पनि डोनीयरलाइ समेत असर नपर्ने र सबै धावनमार्ग प्रयोगमा आउने क्याप्टेन प्रभाकर घिमिरेले जानकारि दिए । सानो भागले केहि दिनको लागि उडानमा समस्या नहुने उनले बताए । दैनिक जहाज उडान हुने भए पछि डोल्पालीहरुको एक मात्र यातायातको माध्यायम खुल्ला भएको छ । करिब ३ मनिा सम्म डोल्पामा आन्तरिक नाका बन्दीमा परेका थिए । 

तस्बिर: टेक शाही, डोल्पा, साझा सबाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही