२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाज परिवर्तनमा बिपीको सिद्धान्त महत्वपूर्णः नेता सिटौला

२०७४, २३ भाद्र शुक्रबार ०८:५७

भदौ २३, झापा। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । ले विश्वेश्वरप्रसाद कोइरालाले देखाउनुभएको मार्ग र सिद्धान्तअनुसार काम गरेमात्र समाज परिवर्तन हुने बताउनुभएको छ । 

१०४ औँ बिपी जयन्तीको अवसरमा नेपाली काँग्रेस भद्रपुर नगर समिति र नेपाल महिला संघ क्षेत्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता सिटौलाले समाज परिवर्तनका लागि बिपीको मार्ग र सिद्धान्त आत्मसात गर्नुको विकल्प नभएको बताउनुभयो । 

समृद्ध राष्ट्र निर्माणमा बिपीको मेलमिलापको नीतिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । बिपी जयन्तीकै अवसरमा मेची अञ्चल अस्पतामा आयोजित फलफुल वितरण तथा सरसफाइ कार्यक्रमसमेत उहाँ सहभागी हुनुभयो । 

पार्टी कार्यकर्तासँग सहभागी हुँदै नेता सिटौलाले अस्पताल परिसरमा सरसफाइ र बिरामीलाई फलफूल वितरणसमेत गर्नुभयो । उहाँले अस्पतालको बाहिर र भित्री भागको सरसफाइमा ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । 

काँग्रेस भद्रपुर नगरसमितिका अध्यक्ष मोहन महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका विकास समितिका अध्यक्ष राम कट्टेल, मेडिकल सुपरिटेण्डेण्ट डा पिताम्बर ठाकुर, काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, महिला संघकी क्षेत्रीय सभापति शर्मिला अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए