३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशका वकिलले पूर्वप्रधानमन्त्रीविरूद्धको हत्याको मुद्दा खारेज गर्न माग

२३ असार २०८२, सोमबार १७:११

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा भएकोृ आन्दोलनका क्रममा हसिनाको सरकारले सत्तामा टिक्ने असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना शरण लिन भारततर्फ भाग्नुभएको थियो । सरकारले पछि उहाँलाई स्वदेश फर्कन र उहाँमाथि लागेका अभियोगको सामना गर्न दिएको आदेश पालना नगरेपछि उहाँको अनुपस्थितिमा जुन १ मा उहाँविरूद्धको मुद्दाबारे सुनुवाइ सुरु भएको थियो ।

सरकारी वकील मोहम्मद अमिर हुसेनले भन्नुभएको छ, “मैले मलाई सबै आरोपबाट मुक्त हुन माग गरेको छु । किनभने मैले हसिनासँग प्रत्यक्ष रुपमा कुरा गर्न पाएको थिइन । ती मुद्दा झुटा, मनगढन्ते र राजनीतिबाट प्रेरित देखिन्छन् ।”

अभियोजकहरूका अनुसार हसिनाले हिंसाको सम्पूर्ण जिम्मेवारी आफुले लिने तर ती सबै एउटा शासकले देशमा नियम र कानुनको आधारमा गर्नुपर्ने जिम्मेवारी भएको बताउनुभएको थियो ।

अभियोजकहरूले उहाँविरुद्ध पाँच वटा अभियोग दायर गरेका छन् जसमा सामूहिक हत्या रोक्न असफल हुनु पनि समावेश छ, जुन बङ्गलादेशी कानून अन्तर्गत मानवता विरुद्धको अपराध हो ।

हसिनाविरूद्धको मुद्दाको सुनुवाई १० जुलाईका लागि स्थगित भएको छ ।

यसअघि जुलाई २ मा हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली