काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकार कांग्रेस र एमालेबीचको बलियो समझदारीको आधारमा बनेको स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठनमा दुई ठूला दलबीच गहिरो सहमति रहेको बताए ।
‘अहिलेको सरकार नेपाली कांग्रेस–नेकपा एमालेबीचको मजबुत समझदारीका आधारमा बनेको हो । कोही छोड्ने, कोही आउने भन्ने त स्वाभाविक राजनीतिक प्रक्रिया नै हो,’ बर्तौलाले भने ।
उनले सरकारको स्थायित्वका लागि एमाले–कांग्रेसबीचको सहकार्य निर्णायक भएको बताए । बर्तौलाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सामान्य प्रक्रियाको रूपमा लिँदै सरकार स्थिर रहने विश्वास व्यक्त गरे ।