२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

२०७४, २३ भाद्र शुक्रबार १०:१७

रमेश लम्साल । भदौ २३, काठमाडौँ। मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । 

मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भन्नुभयो, “नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।” 

चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु ८० करोड लगानी गरिने मुरारकाले जानकारी दिनुभयो । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने उहाँले बताउनुभयो । 

नेपालको हकमा खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नै पहिलोपटक हो भन्दै उहाँले निर्माणाधीन अन्य सिमेन्ट उद्योगलाई समेत यसबाट थप प्रेरणा प्राप्त हुने बताउनुभयो । विद्युत् उत्पादनमा प्रयोग हुने सामान खरिदका लागि एलसी खोलिएको जानकारी दिँदै मुरारकाले आफ्नो उद्योगलाई चाहिने विद्युत्मध्ये केही आफैँ उत्पादन गर्ने रणनीतिमा आफू लागेको बताउनुभयो । 

अहिले उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको छ । विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीयरुपमा कुनै समस्या नआउने उहाँले दाबी गर्नुभयो । चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प (स्टिम) प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको मुरारकाले बताउनुभयो । 

चीनमा वाष्प प्रविधिबाट ठूलो मात्रामा बिजुली उत्पादन गरिएको छ । उद्योगबाट निस्किएको तातो हावाले ‘स्टिम इन्जिन’ चलाउने र त्यसरी घुमेको इन्जिनले विद्युत् उत्पादन गर्ने प्रणालीलाई ‘वेस्ट हिट रिकभरी युनिट’ नाम दिइएको छ । 

नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । दोलखाको चर्नावती र पर्वतको मोदी हाइड्रो पावरमा लगानी गर्नुभएका मुरारकाले भन्नुभयो, “यस्तो पाइलटिङ सफल भयो भने नेपालका अधिकांश सिमेन्ट उद्योगमा सहजैरुपमा विद्युत् उत्पादन हुने र त्यसले व्यावसायिक रुप लिनेछ ।” 

उद्योगले हाल नेपाल विद्युत् प्राधिकरणबाट १० मेगावाट बिजुली खपत गर्दै आएको छ । उद्योगको क्षमता विस्तार गरेर दैनिक तीन हजार ५०० मेट्रिक टन उत्पादन पु¥याउने लक्ष्य राखिएकाले थप १० मेगावाट विद्युत् आवश्यक पर्ने उहाँको भनाइ छ । उक्त प्रणालीको जडानपछि उद्योगले १६ मेगावाट मात्रै विद्युत् खपत गर्नेछ । 

नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ । सरकारले थर्मल ऊर्जा प्रणालीबाट विद्युत् उत्पादनको प्रक्रिया शुरु गरेको भए पनि खेर गएको हावाबाट विद्युत् उत्पादन गर्ने प्रणाली पहिलोपटक शुरु हुन लागेको हो । 

पाकिस्तानको पञ्जाव प्रान्तमा रहेको घरिवल सिमेन्ट उद्योगले २० मेगावाट विद्युत् सोही प्रणालीबाट उत्पादन गरिरहेको छ । पाकिस्तानकै लक्की सिमेन्ट उद्योगमा समेत १० मेगावाट विद्युत् उत्पादन गरिएको छ । भारतको तेलङ्गनाको सागर सिमेन्ट उद्योगले छ मेगावाट विद्युत् उत्पादन गर्ने अन्तिम तयारी गरेको छ । फिलिपिन्सको सिमेक्स सिमेन्ट उद्योगमा समेत चिनियाँ प्रविधि जडान गरी ४.५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको छ भने इन्डोनेसियाका सिमेन्ट उद्योगमा वेस्ट हिट रिकभरी युनिट जडान गरी ३० मेगावाट विद्युत् उत्पादन गर्ने प्रणाली जडान गरिएको छ । 

पाकिस्तानको राष्ट्रिय विद्युत् नियमन प्राधिकरणले वेस्ट हिट रिकभरी युनिट स्थापना गर्न र बढी भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडान गर्नैपर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ । 

सिमेन्ट उद्योगले फाल्ने हानिकारक कार्बन डाइअक्साइड नियन्त्रण गर्न र वातावरणको संरक्षण गर्न समेत यस्तो प्रणाली संसारभर फैलने क्रममा रहेको ग्लोबल सिमेन्टले हालै प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ