३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोको भूकम्पबाट कम्तीमा नौ जनाको मृत्यु

२३ भाद्र २०७४, शुक्रबार ११:१२

भदौ २३, मेक्सिको । मेक्सिकोमा बिहीबार अबेरराति आएको ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । 

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन । 


त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले जानकारी दिएका छन । 

मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ । 

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ । 

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको हालसम्मको समाचारअनुसार कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । 

त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ । रासस/सिन्ह्वा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन