2026-09-13 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विदेशका जेलमा रहेका नेपालीको यकीन गर्न कूटनीतिक पहल थालेका छौँ’: मन्त्री शरत्सिंह भण्डारी

2025-07-08
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले विदेशका जेलमा रहेका नेपालीको सङ्ख्या यकिन गर्न कूटनीतिक पहल थालिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सदनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री भण्डारीले कुन देशका जेलमा कति सङ्ख्यामा नेपाली छन् भनेर खोजीनिती भइरहेको बताउनुभयो । “नेपालीहरु विभिन्न देशका जेलमा रहेको सत्य हो । तर ठ्याक्कै कति भन्ने तथ्याङ्क छैन । मन्त्रालयले खोजेर सदनलाई जानकारी गराउनेछ”, उहाँले भन्नुभयो, “कानुनी सहयोग पाउन नसक्दा उनीहरु थप समस्यामा परेकाले सम्बन्धित देशका कानुन व्यवसायीको सहयोग र विभिन्न नियोगलाई यसबारे बुझ्न लगाइएको छ ।”
श्रममन्त्री भण्डारीले हालसम्म विदेशमा ज्यान गुमाएका १४ हजार बढी नेपालीको शव ल्याइएको बताउनुभयो । वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणलाई पूर्ण अनलाइन प्रणालीमा लैजाने तयारी भइरहेको उहाँको भनाइ छ । भारतमा काम गर्नका लागि श्रम स्वीकृत अनिवार्य नरहेकाले त्यहाँ काम गर्ने नेपाली श्रमिकको तथ्याङ्क नरहेको उहाँले स्वीकार्नुभयो ।
वैदेशिक रोजगार ऐन, २०६४ संशोधन र परिमार्जन गरी समयसापेक्ष बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको उहाँले सदनलाई जानकारी गराउनुभयो । अहिले वैदेशिक रोजगारीमा जानेहरु ठगीमा परेको भनेर ३६ हजार बढी मुद्दा वैदेशिक रोजगार विभागमा दर्ता भएको उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले विभागले अनुसन्धानदेखि मुद्दा दर्तासम्मको काम गर्न त्यहाँको संरचना अपर्याप्त रहेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीमा ठगीमा परेकाहरुको अनुसन्धान र मुद्दा चलाउने काम जिल्ला तहमा पठाउने कानुन संशोधनको तयारी गरिरहेको भण्डारीको भनाइ छ ।
आन्तरिक रोजगारी प्रवर्द्धनका लागि नेपाल सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ बाट आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशक (२०८२/८३–२०९१/९२) का रुपमा मनाउने घोषणा गरेको उहाँले बताउनुभयो ।
आन्तरिक रोजगार प्रवर्द्धनका लागि सरकारले विभिन्न कार्यक्रममार्फत काम गरिहरेको उहाँले उल्लेख गर्नुभयो । न्यूनतम रोजगारमा संलग्न हुन चाहने व्यक्तिले हरेक वर्ष फागुन सम्ममा नाम दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेकामा चालु आर्थिक वर्षका लागि सात लाख ९७ हजार ७२५ र आर्थिक वर्ष २०८२÷८३ का लागि सात लाख ४५ हजार ४३५ जनाले नाम दर्ता गराएको जानकारी दिनुभयो । सूचीकृत बेरोजगारहरुलाई न्यूनतम रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगार दिन चालु आवमा ६० हजारलाई रोजगार दिनेगरी बजेट विनियोजन भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले