३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषद्लाई समावेशी र ठीक ढङ्गले चलाउनुपर्नेमा जोड

२४ असार २०८२, मंगलवार १६:५८
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल भए पनि स्वीकृत गरिएन ।
सो प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखेर प्रधानमन्त्रीका तर्फबाट रक्षामन्त्री मानवीर राईले जवाफ दिने समयमा सभामुख देवराज घिमिरेले विशेष कारणवश कार्यसूचीबाट हटाइएको जानकारी गराउनुभयो ।
त्यसअघि सांसद वर्षमान पुनले संवैधानिक परिषद्लाई समावेशी बनाउनुपर्ने र ठीक ढङ्गले चलाउनुपर्ने बताउनुभयो । उहाँले विगतमा परिषद्लाई दुरुपयोग गरिएको घटनाक्रमले पुष्टि गरेको उल्लेख गर्दै परिषद्मार्फत नियुक्ति भएर आउने व्यक्तिहरु स्वेच्छाचारी भएको धारणा राख्नुभयो ।
सांसद प्रकाश ज्वालाले परिषद्को निर्णय प्रक्रिया र विधिमा सरकार हाबी भएको विगतको घटनाक्रमले स्पष्ट पारेको उल्लेख गर्दै नयाँ विधेयकमा समेत प्रधानमन्त्री र अर्का एक जना सदस्य मात्रै उपस्थित भए पनि नियुक्तिका लागि सिफारिस गर्ने प्रावधानले अराजकता निम्त्याउने धारणा राख्नुभयो ।
सांसद चन्द्र भण्डारीले संवैधानिक निकायमा योग्य र दक्ष मानिस नियुक्त गर्न छाडेर आफ्ना मानिस नियुक्त गर्दा देशले अग्रगति लिन नसकेको बताउनुभयो । सांसद पूर्णबहादुर घर्तीले संवैधानिक परिषद्को निर्णय पारदर्शी र विधिसम्मत् हुनुपर्ने बताउनुभयो । परिषद् दल विशेषको निकाय नभए पनि विगतमा त्यस्तो प्रयास भएको उहाँको भनाइ छ ।
सांसद प्रेम सुवालले संवैधानिक निकायमा नियुक्त हुने व्यक्ति योग्य र दक्ष नभएको अभ्यासका क्रममा पाइएको, न्यायाधीश नियुक्त भएका व्यक्तिहरु पार्टी कार्यालय पुगेको दष्ृटान्त पेस गर्नुभयो । सांसदद्वय नारायणी शर्मा र माधव सापकोटाले राज्यका निकायलाई विधिसम्मत् ढङ्गले चलाउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही असार २५ गते बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली