Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखरामा पाँच करोड राजस्व संकलन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले आव २०७३/७४ को असार मसान्तसम्म पाँच करोड ७५ लाख २९ हजार ६०० राजस्व संकलन गरेको छ ।

कार्यालयले राहदानी वितरणबाट मात्रै रु चार करोड ४७ लाख ७५ हजार ५०० राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तै प्रशासनिक दण्ड जरिवानाबाट करिब रु ९३ लाख ९१ हजार, फाराम र रजिस्ट्रेशन दस्तुरबाट १६ लाख ५३ हजार, न्यायिक दण्ड जरिवानाबाट रु ११ लाख ३८ हजार, हातहतियार नवीकरणबाट पाँच लाख नौ हजार तथा अन्य प्रशासनिक दस्तुरबाट रु ६२ हजार ८०० राजस्व संकलन भएको छ । रासस