२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने

२४ भाद्र २०७४, शनिबार ०६:४४

भदौ २४, पोखरा । पोखरा रंगशालामा यही भदौ २६ देखि असोज ७ गतेसम्म नेपालमै पहिलोपटक पोखरामा अन्तर्राष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता हुने भएको छ । 

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने सो प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ । 

पहिलो सिप्mट भदौ २६ देखि ३१ गतेसम्म, दोस्रो सिप्mट असोज २ देखि ७ गतेसम्म हुने आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो । 

पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने बताइएको छ । 

नेपालका पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा, मनोज राना, इन्द्रजीत राई, राजु श्रेष्ठ, भारतका नरेश खत्री, चन्द्रभूषण, दिलीप महत्री, प्रवीनकुमार नायक जस्ता ख्याति प्राप्त खेलाडीको सहभागिता रहने बताइएको छ । 

प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य