२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आश्रमका लागि सधैँ साथ र सहयोग रहन्छः अध्यक्ष दाहाल

२०८२, २७ असार शुक्रबार १२:२९
काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमको विकासका लागि सधैँ साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभएको छ ।
आज उहाँकी धर्मपत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा काठमाडौँको रानीवनस्थित आश्रम कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हेटौँडाको केन्द्रीय कार्यालयको उद्घाटन पनि प्रधानमन्त्रीको हैसियतमा आफैँले गरेको स्मरण गर्दै आश्रमका लागि सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो र परिवारका तर्फबाट र आफ्नो दलका तर्फबाट निरन्तर तपार्इंहरुको भावना र आवश्यकताप्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास पनि तपाईंहरुलाई दिलाउन चाहन्छु ।”
उहाँले स्व सीताको स्मृतिलाई दिगो राख्न र सबैका निम्ति प्रेरणा मिलोस् भनेर आश्रममा आएको बताउनुभयो । यहाँ उहाँले आज आश्रितहरुलाई भोजन सेवासमेत प्रदान गर्नुभएको थियो । उहाँले राज्यले गर्नुपर्ने काम आश्रमले गरिरहेको उल्लेख गर्दै चुनौतीपूर्ण र संवेदनशील क्षेत्रमा आश्रमले काम गरिरहेको बताउनुभयो ।
यो राष्ट्रिय रुपमा मात्रै होइन नेपाल मौलिक विशेषता भएको देशका रुपमा स्थापित हुने र विश्वभरिको ध्यान खिच्दै गएको उल्लेख गर्नुभयो । आउने दिनमा यसबाट सबैले ठूलो प्रेरणा लिने उल्लेख गर्दै उहाँले आफ्नो तर्फबाट संस्थाको विकासमा सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।
महत्वपूर्ण ठाउँमा पुगेका व्याक्तिहरु सडकमा पुगेका तर यहाँ आएपछि नयाँ जीवन पाएका र पुरानो स्मृति फर्किएको सबै सुन्दा कथाजस्तो लाग्ने तर यो यथार्थ भएको र यो सेवाका लागि आश्रमलाई धन्यवाद दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने