नयाँ दिल्ली | भारतको ख्यातीप्राप्त कम्पनी Oyo Rooms ले ठुला-ठुला रअनुभवी बिजनेसम्यान तथा लगानीकर्ताहरुलाई सोच्न बाध्य बनाइदिएको छ । भारतको ओयो रूम्स कम्पनीको शुरुआत १७ बर्षका एक युवकले गरेका थिए, जसको मूल्य अहिले करिव १० हजार करोडसम्म पुगेको छ, साथै यसको बुकिंगमा हरेक ३ महिनामा ३० प्रतिशत बढ्दै गएको छ ।

यस कम्पनीका फाउन्डर रितेश अग्रवाल हुन् | जसले १७ बर्षको उमेरमा इंजीनियरिङ छोडेर यो कम्पनी खोलेका थिए । यो कम्पनी सुरु गर्दा उनले कसैले मद्धत बिनानै शुरु गरेका थिए र सिर्फ ६ बर्षमै १० हजार करोडको बनेको छ । एक अन्तर्वार्तामा उनले भने अनुसार शुरुआती दिनमा उनीसँग भाडा तिर्नको लागि समेत पैसा थिएन । उनले कयौं रात सिढीमै बिताएका थिए । संचार माध्यमका अनुसार उनि सिम कार्ड पनि बेच्थे ।

सुरुमा रितेशले एक वेबसाइट बनाएका थिए । जहाँ उनले सस्तो र किफायती होटलहरुको बारेमा जानकारी अपडेट गरेका थिए । जुन वेबसाइटको नाम थियो – 'ओरावल' । रितेशलाई केहि दिन वेबसाइट चलाएपछी लाग्यो कि नामको कारण मानिसहरुले वेबसाइट बुझेनन् । यसैले उनले २०१३मा वेबसाइटको नाम फेरेर OYO Rooms राखे ।

यसरी आयो आइडिया ?

सन २००९ मा रितेश भारतको देहरादून र मसूरी घुम्न गएका थिए । त्यहाँबाट उनले यो बिजनेसको बारेमा आइडिया जाने । उनले अनलाइन सोशल कम्युनिटी बनाउने बारे सोचे, जहाँ एकै प्ल्याटफर्ममा मालिक र सेवा प्रदायकको सहायताले पर्यटकहरुलाई कोठा र खाना उपलब्ध गराउन सकियोस् । फेरी २०११ मा रितेशले ओरावेलको शुरुवात गरे । उनको यो आइडियाबाट प्रभावित भएर गुणगाउँका मनीष सिन्हाले ओरावेलमा शेयर हाले र को-फाउण्डर बने ।

त्यसपछि २०१२ मा ओरावेललाई आर्थिक रुपमा सफलता मिल्यो ।

आज पुरै भारतमा यसको ८,५०० होटलहरुमा ७०,००० भन्दा बढी कोठा छन् ।