Skip to content
Friday, July 17, 2026 Nepali Online Media

लागुऔषध कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | प्रहरीले लागुऔषध कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अजरबैजानबाट काठमाडौं आएका मुम्बइका ४९ वर्षीय अवदोषसमाद जमल मन्सुरीलाई पक्राउ गरेको हो । उनी कतार एयरलाइन्समा आएका थिए । बुधबार पक्राउ परेका मन्सुरीको साथबाट तीन किलो कोकिन बरामद गरिएको ब्युरोले जनाएको छ ।