२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

२७ असार २०८२, शुक्रबार १४:४३

काठमाडौँ । सांसदहरूले वर्षाका कारण अवरुद्ध सडकखण्ड र क्षतिग्रस्त पुलको तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको शून्य समयमा सभा सदस्यहरूले रसुवामा गएको बाढीमा बेपत्ताको तत्काल खोजी उद्धार र राहत एवं पुनःस्थापनाका लागि सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

शून्य समयमा सांसदहरू सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला र आनन्दप्रसाद ढुङ्गानाले रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको भन्दै आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभयो ।

सभा सदस्य घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको ‘सर्भर डाउन’ भयो भन्दै कम्पनी दर्ता गराउन घुस मागेका विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । “सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराई नवीकरण र दर्ता गर्दा प्रतिशत तोकेर रकम अशुल्ने खबर सार्वजनिक भएको छ”, उहाँले भन्नुभयो, “कम्पनी दर्ता गर्न पनि घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन् ? कसरी लगानीको वातावरण बन्छ ?”

यस्तै, सांसद मनरुपा शर्माले नारायणगढ–बुटवल सडकको (बर्दघाट) दाउन्ने दुम्कीबास खण्डसँगै देशभरका विभिन्न सडक अस्तव्यवस्त भएको भन्दै ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले अछामको पञ्चदेवल विनायक नगरपालिका र दैलेखको आठबिसकोट नगरपालिका जोड्ने झोलुङ्गे पुल निर्माणका लागि आवश्यक बजेट तत्काल उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले गाजा क्षेत्रको प्यालेस्टाइनी नागरिकको जीवनरक्षाका लागि सरकारको धारणा स्पष्ट गर्न माग गर्नुभयो । सांसद विष्णुकुमारी सापकोटाले जिल्लास्तरीय महिला तथा बालबालिका कार्यालयको खारेजीले महिला विकास तथा सशक्तिकरणमा ध्यान पुग्न नसकेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य