2026-09-13 10:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव उपयोगी’

2025-07-11
काठमाडौँ । युवा पुस्तालाई कर्तव्य पथमा हिँडाउन ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन’ प्रस्तावित जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव उपयोगी हुने बताउनुभएको छ ।
सभाको आजको बैठकमा समर्थक सदस्य कमला पन्तले सबै नागरिक ज्येष्ठ बन्ने भएकाले प्रस्तावले न्याय दिने काम गर्ने बताउनुभयो । प्रस्तावमा गम्भीर विषय रहेकाले त्यसैअनुसार छलफल हुनुपर्ने उहाँको भनाइ छ ।  युवा पुस्ताले कर्तव्य भुलेको अवस्थामा कर्तव्यपथमा लगाउन यो प्रस्तावले सहयोग पुन्ने पन्तको विश्वास थियो ।
प्रस्तावका समर्थक भगवती न्यौपानेले संसार देखाउने बाबुआमालाई बेवास्ता गर्ने क्रम बढेकाले राज्य संवेदनशील भएर संरक्षण गर्नुपर्ने बताउनुभयो । साठी वर्षमाथिका ज्येष्ठ नागरिक १० दशमलव २१ प्रतिशत रहेको पनि उहाँले सुनाउनुभयो ।
अर्का सदस्य मायाप्रसाद शर्माले ज्येष्ठ नागरिकसम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयन नभएको बताउनुभयो । भत्ता पाउने समय दुई वर्ष घटाउँदा पनि ज्येष्ठ नागरिकलाई समस्या भएको उहाँको धारणा थियो ।
सदस्य मदनकुमारी शाह (गरिमा) ले ज्येष्ठ नागरिकसम्बन्धी कानुन र कार्ययोजनाको व्यवस्था भए पनि कार्यान्वयन नहुँदा समस्या भएकाले यो प्रस्ताव ल्याउनुपरेको बताउनुभयो । अर्का सदस्य पदमबहादुर परियारले अबको २९ वर्षपछि नेपाल ज्येष्ठ नागरिक बढी भएको देशका रूपमा स्थापित हुने भन्दै सुरक्षाका लागि यो प्रस्ताव उपयुक्त हुने बताउनुभयो । सरकारका विभिन्न विषयगत मन्त्रालयमार्फत ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर केही कार्यक्रम बनाइनुपर्नेमा उहाँको जोड थियो ।
सदस्य पूजा चौधरीले परिवारभित्र स्नेह दिने संस्कारको विकास गरिनुपर्ने बताउनुभयो । ज्येष्ठ नागरिकलाई ‘हेल्पलाइन’को व्यवस्था गरिनुपर्ने उहाँको सुझाव थियो ।
राष्ट्रियसभा सदस्य सुमित्रा बिसी प्रस्तावक र सदस्यहरू उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको प्रस्ताव आजको बैठकमा प्रस्तुत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले