काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई पाँच घण्टादेखि नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ ।
बिहान करिब १० बजे नै उनलाई नियन्त्रणमा लिइएको थियो । परिसरका प्रमुख एसएसपी विश्वअधिकारीका अनुसार पूर्वराजाको सचिवालयबाट हुने विभिन्न विज्ञप्तिमा श्री ५ उल्लेख हुने गरेको आधारमा सोधपुछका लागि पाठकलाई ल्याइएको हो ।
प्रहरी अधिकारीका अनुसार पाठकलाई अहिले प्रहरीले उनका आफन्त र बाहिर कसैसँग पनि सम्पर्क गर्न दिइएको छैन । परिसरका एसपी अपिल बोहराका अनुसार विभिन्न विषयमा सोधपुछ आवश्यक देखिएपछि उनलाई १० बजेतिर नै बालुवाटारबाट ल्याइएको हो ।
बोहोराका अनुसार उनलाई नियन्त्रणमा लिइएको हो ।
सोधपुछमा संलग्न प्रहरी अधिकारीका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह राजा हुँदासमेत सचिवालयमै बसेर काम गरेका कारण कतिपय कुराहरु आफ्नो चाहनाले मात्रै पनि फेर्न नसकिएको जवाफ प्रहरीलाई दिएका छन् ।
उनलाई सकेसम्म साँझ छाड्ने तयारी प्रहरीको छ ।