२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छः अध्यक्ष दाहाल

२०८२, २७ असार शुक्रबार १५:५५
काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ ।
उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको बताउनुभयो । स्मृति दिवसको दिन आश्रममा आश्रित २५० सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि  खाद्यान्न सामग्री र रु एक लाख नगद योगदान गर्नुभयो ।
साथै, आश्रमका रहेकाहरुलाई आफ्नै हातले भोजन वितरण  गर्नुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्री छँदा हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेको सन्दर्भ स्मरण गर्दै सरकारले गर्नुपर्ने काम मानवसेवा आश्रमले गरिरहेको बताउनुभयो । मानवसेवा आश्रमको मानवता प्रवद्र्धनका कार्यले अन्तरराष्ट्रिय जगतमा समेत चर्चा चुलिँदै गएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारमा छँदा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार र मानवीय सेवाका लागि सातवटै प्रदेशका लागि सात वटा गाडी उपलब्ध गराउन मन्त्रिपरिषद्बाटै निर्णय गरेर प्रक्रिया अघि बढाएको भए पनि अझैसम्म त्यसको कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गर्दै यसका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको विगत वर्तमान र आगामी योजनाबारे अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो । मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिकस्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।
आश्रमले २०८२ भित्रै मुलुकलाई  सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल  निर्माण गर्न अभियान सञ्चालन गरिरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु