2026-09-13 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

2025-07-12
काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सास्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ ।
हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामि नारायण संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘सत्संगदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उहाँले हाम्रो पहिचानकारुपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नुपर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कामय गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पु¥याउन सकिन्छ ।”
साधु भद्रेश दास स्वामीले भगवान निलकण्ठले  तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अदभूत पवित्र र पुण्यभूमि रहेको बताउनुभयो ।
उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबीचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमूना प्रस्तुत गर्न सफल भएको धारणा राख्नुभयो । नेपाल र भारतबीचको साझा भाषाकारुपमा रहेको संस्कृतिबाट ‘सत्संगदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उहाँले भाषा, वेशभूषा, भोजन र सस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताउनुभयो ।
पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको गौरव ऋषि परम्परा भएको जनाउँदै नेपालको समृद्धिको प्रमुख आधार भनेकै धार्मिक र सांस्कृतिक पर्यटन भएको बताउनुभयो । उहाँले  लोकार्पण गरिएका सत्संगदीक्षा पुस्तकले विश्व शान्ति, सद्भाव र मानव कल्याणका लागि बलियो खुराक प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 युवा नेता तथा अध्येता शङ्कर तिवारीले हिमालदेखि तराईसम्मका धार्मिक तीर्थस्थल र पुण्यभूमि भएको नेपालमा सत्संगदीक्षाका माध्यम्द्वारा नयाँ पुस्तालाई अध्यात्मसँग जोडेर लैजान र सन्तुलित तुल्याउन सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । लोकार्पण भएको ‘सत्संगदीक्षा’ एक सय ११ पृष्ठको उक्त ग्रन्थमा सत्संगको महत्व दर्शाउदै सत्सग एवम भजन विना व्यर्थ  समय खेरा नफाल्नू तथा आलस्य एवंम प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले