३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराष्ट्रपति यादवद्वारा ‘सत्संगदीक्षा’ लोकार्पण

२८ असार २०८२, शनिबार १६:११
काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सास्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ ।
हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामि नारायण संस्था नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘सत्संगदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उहाँले हाम्रो पहिचानकारुपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नुपर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कामय गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पु¥याउन सकिन्छ ।”
साधु भद्रेश दास स्वामीले भगवान निलकण्ठले  तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अदभूत पवित्र र पुण्यभूमि रहेको बताउनुभयो ।
उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबीचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमूना प्रस्तुत गर्न सफल भएको धारणा राख्नुभयो । नेपाल र भारतबीचको साझा भाषाकारुपमा रहेको संस्कृतिबाट ‘सत्संगदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उहाँले भाषा, वेशभूषा, भोजन र सस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताउनुभयो ।
पूर्वसांसद शंकरप्रसाद पाण्डेले नेपालको गौरव ऋषि परम्परा भएको जनाउँदै नेपालको समृद्धिको प्रमुख आधार भनेकै धार्मिक र सांस्कृतिक पर्यटन भएको बताउनुभयो । उहाँले  लोकार्पण गरिएका सत्संगदीक्षा पुस्तकले विश्व शान्ति, सद्भाव र मानव कल्याणका लागि बलियो खुराक प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
 युवा नेता तथा अध्येता शङ्कर तिवारीले हिमालदेखि तराईसम्मका धार्मिक तीर्थस्थल र पुण्यभूमि भएको नेपालमा सत्संगदीक्षाका माध्यम्द्वारा नयाँ पुस्तालाई अध्यात्मसँग जोडेर लैजान र सन्तुलित तुल्याउन सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । लोकार्पण भएको ‘सत्संगदीक्षा’ एक सय ११ पृष्ठको उक्त ग्रन्थमा सत्संगको महत्व दर्शाउदै सत्सग एवम भजन विना व्यर्थ  समय खेरा नफाल्नू तथा आलस्य एवंम प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली