२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफ्ताव आलम प्रकरणः न्याधीशहरूलाई कालोमोसो दलेका नेताहरूलाई पार्टीको सम्मान

२०८२, २८ असार शनिबार १८:१९

काठमाडौँ । नेपाली कांग्रेसका नेता अफ्ताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्याधीशहरूलाई कालोमोसो दल्ने नेकपा बहुमतका नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ ।

शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्युरो (बागमती प्रदेश) ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले गरीब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिक्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउने पछिल्लो समयमा राज्यका ३ वटै अंगहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यसविरुद्ध नयाँ अभियान चलाएको पनि बताए ।

जनताले सही प्रकारको जनउत्तरदायी न्याय प्रणाली र अदालत नभएपछि आफ्नो पार्टी त्यसविरुद्ध लागेको बताउँदै भने, ‘जहाँ–जहाँ जनतामाथि अन्याय र अत्यचार हुन्छ, त्यहाँ–त्यहाँ नेकपा बहुमत उपस्थित हुन्छ र हिक्मत गर्ने कमरेडहरूलाई सलाम छ ।’

पार्टीका २ नम्बर ब्यूरो इन्चार्ज बाबुराम गजमेरले कालोमोसो दलेर जनपक्षीय कार्य गर्ने आफ्ना साथीहरूलाई बधाई दिए । गजमेरले देश र जनतामाथि संसद्वादी पार्टी र उनीहरूको भ्रष्टाचार तथा बेथिति र अत्याचारविरुद्ध आफ्नो पार्टी लड्ने प्रतिबद्धता जनाए । समाजवादी व्यवस्थाले मात्रै देश र जनताले भोग्नुपरेको अहिलेको समस्याबाट मुक्ति पाउने गजमेरको ठम्याइ छ ।

कालोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै भने, ‘हाम्रो बन्द पर्खालको बसाइँ उत्साहप्रद रह्यो, जनताका लागि कालोमोसो मात्रै हैन, अपराधीहरूलाई त्योभन्दा माथिको कारबाही गर्न तयार छौं ।’

टोलीका अर्का सदस्य तथा पार्टी केन्द्रीय सदस्य पदम मगरले देशमा अन्याय र अत्याचारले सीमा नाघेको बताउँदै त्यसविरुद्ध निडर भएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

गत जेठ २९ गते वीरगञ्ज उच्च अदालतको इजलासभित्रै अभिनाश कुँवर, पदम मगर र गर्भू महतोले न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेका थिए । आलमले उन्मुक्ति पाएलगत्तै विभिन्न राजनीतिक दल तथा नेता कार्यकर्ता र आमजनताले न्यायाधीशहरू बिकेर फैसला गरेको भन्दै त्यसको व्यापक विरोध जनाएका थिए ।

चितवन जिल्ला इन्चार्ज पूर्ण विकले सञ्चालन गरेको कार्यक्रममा पार्टी स्थायी समिति सदस्यद्वय डीडी पाण्डे र निर्मल सहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ