२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड

२९ असार २०८२, आईतवार १६:०२

काठमाडौँ | सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुनःस्थापनामा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बाढीको घटना भएको सातादिन बित्न लाग्दा पनि बेपत्ताको खोजी तीव्र रूपमा अगाडि बढाउन नसकेको भन्दै यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जानुपर्नेमा उहाँहरूले जोड दिनुभएको हो ।

बैठकको विशेष समयमा सांसद मोहन आचार्यले बाढीका कारण ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना नष्ट भएको, मितेरी पुल बगाएको, नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएको, एक सयभन्दा बढी विद्युतीय सवारीसाधन बाढीसँगै बगेको उल्लेख गर्दै उद्धार, खोज तथा पुनःनिर्माण छिटो गर्न सुझाव दिनुभयो ।

“नदी क्षेत्रमा धेरै संरचनाहरू बन्दा अहिले हामीले धेरै क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोप आउँछ भन्ने अनुमान लगाएर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ”, सांसद आचार्याले भन्नुभयो, “हवाई उद्धारका कुरामा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनले ल्याउनसक्ने जोखिमलाई ख्याल गर्दै अब हामीले अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”

सांसद अच्युतप्रसाद मैनालीले वर्तमान सरकारको एक वर्ष पुग्दा कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्याराफिट निर्माण अन्तिम चरणमा पुगेको, सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुगेको, विदेशी लगानी वृद्धि, दोलखामा पेट्रोलियम पदार्थको उत्खनन, ग्वार्को ओभरपास, नागढुङ्गा–थानकोट सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग निर्माणको तीव्रता, नारायणगढ–बुटवल तथा मुग्लिङ–पोखरा सडकमार्ग निर्माणको तीव्रता भएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रशंसा गर्नुभयो ।

“पूर्वाधार निर्माणले गति लिइरहेको छ । आर्थिक वृद्धिदर भएको छ । निजी क्षेत्रले बजारमा लगानीका लागि अनुकूल वातावरण पाएको छ”, उहाँले भन्नुभयो, “राजस्व परिचालन वृद्धि भएको छ, विदेशी लगानी आकर्षित गर्ने प्रयास भएको छ । यसरी सकारात्मक दिशातर्फ मुलुक अगाडि बढिरहेको छ ।” जनताको भावनाअनुसार समृद्धि, सुशासन र विकासका लागि एक भएर अगाडि बढ्नुपर्ने मैनालीको भनाइ छ ।

सांसद हितबहादुर तामाङले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले धनजनको क्षति पुगेको भन्दै उद्धार, राहत र पुनःनिर्माण तथा पुनःस्थापनाको काम तत्काल अगाडि बढाउन आग्रह गर्नुभयो ।

“विद्युत्मा र सडक पूर्वाधारमा क्षति पुगेको छ । त्यहाँका बस्ती असुरक्षित छन्”, उहाँले भन्नुभयो, “मितेरी पुल तत्काल निर्माण गर्नुपर्छ । चीनतर्फ फसेर बसेका मालवाहक बस र नागरिकको उद्धार गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै