२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड

२०८२, २९ असार आईतवार १६:०२

काठमाडौँ | सांसदहरूले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण बेपत्ताको खोजी, घाइतेलाई उपचार र उद्धार तथा पीडितको राहत तथा पुनःस्थापनामा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बाढीको घटना भएको सातादिन बित्न लाग्दा पनि बेपत्ताको खोजी तीव्र रूपमा अगाडि बढाउन नसकेको भन्दै यसतर्फ सम्बन्धित निकायको समयमा नै ध्यान जानुपर्नेमा उहाँहरूले जोड दिनुभएको हो ।

बैठकको विशेष समयमा सांसद मोहन आचार्यले बाढीका कारण ३० मेगावाट क्षमताको जलविद्युत् आयोजना नष्ट भएको, मितेरी पुल बगाएको, नेपालतर्फ २० जना र चीनतर्फ ११ जना बेपत्ता भएको, एक सयभन्दा बढी विद्युतीय सवारीसाधन बाढीसँगै बगेको उल्लेख गर्दै उद्धार, खोज तथा पुनःनिर्माण छिटो गर्न सुझाव दिनुभयो ।

“नदी क्षेत्रमा धेरै संरचनाहरू बन्दा अहिले हामीले धेरै क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोप आउँछ भन्ने अनुमान लगाएर विपद्मैत्री पूर्वाधार निर्माण गर्नुपर्छ”, सांसद आचार्याले भन्नुभयो, “हवाई उद्धारका कुरामा ध्यान दिनुपर्छ । जलवायु परिवर्तनले ल्याउनसक्ने जोखिमलाई ख्याल गर्दै अब हामीले अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ ।”

सांसद अच्युतप्रसाद मैनालीले वर्तमान सरकारको एक वर्ष पुग्दा कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्याराफिट निर्माण अन्तिम चरणमा पुगेको, सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुगेको, विदेशी लगानी वृद्धि, दोलखामा पेट्रोलियम पदार्थको उत्खनन, ग्वार्को ओभरपास, नागढुङ्गा–थानकोट सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग निर्माणको तीव्रता, नारायणगढ–बुटवल तथा मुग्लिङ–पोखरा सडकमार्ग निर्माणको तीव्रता भएको भन्दै केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारको प्रशंसा गर्नुभयो ।

“पूर्वाधार निर्माणले गति लिइरहेको छ । आर्थिक वृद्धिदर भएको छ । निजी क्षेत्रले बजारमा लगानीका लागि अनुकूल वातावरण पाएको छ”, उहाँले भन्नुभयो, “राजस्व परिचालन वृद्धि भएको छ, विदेशी लगानी आकर्षित गर्ने प्रयास भएको छ । यसरी सकारात्मक दिशातर्फ मुलुक अगाडि बढिरहेको छ ।” जनताको भावनाअनुसार समृद्धि, सुशासन र विकासका लागि एक भएर अगाडि बढ्नुपर्ने मैनालीको भनाइ छ ।

सांसद हितबहादुर तामाङले यही असार २४ गते बिहान सुप्राग्लेशियर ताल फुट्दा रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आएको बाढीले धनजनको क्षति पुगेको भन्दै उद्धार, राहत र पुनःनिर्माण तथा पुनःस्थापनाको काम तत्काल अगाडि बढाउन आग्रह गर्नुभयो ।

“विद्युत्मा र सडक पूर्वाधारमा क्षति पुगेको छ । त्यहाँका बस्ती असुरक्षित छन्”, उहाँले भन्नुभयो, “मितेरी पुल तत्काल निर्माण गर्नुपर्छ । चीनतर्फ फसेर बसेका मालवाहक बस र नागरिकको उद्धार गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी