2026-09-13 09:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

काठमाडौँ | उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले बस्तीहरुलाई व्यवस्थित ढङ्गले विकास गर्नका लागि राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको कार्य अघि बढाइएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नउत्तर कार्यक्रममा मन्त्री सिंहले एकीकृत सहरी विकास र नमूना बस्ती विकासको अवधारणाबमोजिम व्यवस्थित बस्ती विकासका लागि ७५३ वटै स्थानीय तहमा प्राथमिकताका आधारमा लगानी विस्तार गर्दै लगिने बताउनुभयो ।

“सङ्घीयता कार्यान्वयनसँगै देशमा तीन तहको सरकारबाट संविधान अनुकूल आ–आफ्नो दायित्व बहन गर्ने क्रममा ७५३ वटा स्थानीय तह कार्यरत रहेको अवस्था छ, यस परिवेशमा सहरी क्षेत्रको व्यवस्थापनको चुनौती स्थानीय तहलाई मात्र नभई सङ्घीय र प्रादेशिक तहमा समेत देखापरेको छ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “यसका लागि सङ्घीय, प्रादेशिक र स्थानीय तहले आ–आफ्नो स्तरबाट सहरी पूर्वाधार निर्माण गर्दै गरेको भए पनि न्यून बजेटको कारण तीव्र सहरीकरणले उब्जाएको समस्यालाई सम्बोधन गर्न अझै समय लाग्ने देखिन्छ ।”

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको निर्णयबमोजिम काठमाडौँ उपत्यकामा फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनका लागि बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइटको पूर्वाधार निर्माण गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालयलाई तोकिएको जानकारी गराउनुभयो ।

सहरी विकास तथा भवन निर्माण विभागमार्फत ल्यान्डफिल साइटको करिब ४० मिटर उचाइको बाँधमध्ये हाल २५ मिटर उचाइको बाँधसहितको सम्पूर्ण भौतिक पूर्वाधार निर्माणसम्पन्न गरी सञ्चालनका लागि काठमाडौँ महानगरपालिकालाई उपलब्ध गराइएको उहाँको भनाइ थियो ।

“हाल बाँधको उचाइ बढाउने कामको खरिद प्रक्रिया अगाडि बढेको छ, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको क्षेत्रीय सहरी विकास आयोजनाबाट एकीकृत फोहोरमैला व्यवस्थापनका लागि आवश्यक ल्यान्डफिल साइटसहितका पूर्वाधारहरु धनगढी, शुक्लाफाँटा, गोदावरी, वीरगञ्ज र नेपालगञ्जमा निर्माण सञ्चालन भएका छन् र केही सम्पन्न भई सञ्चालनमा आएका छन् ।”

उहाँले विगतमा रहेका ५८ वटा नगरपालिकामध्ये आवधिक योजना तर्जुमा गरेका नगरपालिकाहरूको आवधिक योजना कार्यान्वयन गर्नका लागि सघन सहरी विकास कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७३÷७४ मा मित्रराष्ट्र भारतको सिमानासँग जोडिएका तराई क्षेत्रका १८ वटा जिल्ला सदरमुकाम रहेका नगरपालिकाहरुमा सडक, नाला, बसपार्क, सार्वजनिक पार्कलगायतका पूर्वाधार निर्माणका लागि वार्षिक रु ५० करोडका दरले बजेट विनियोजन भएर सहरी क्षेत्र सुधारमा यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “त्यसपछिका आर्थिक वर्षमा समेत यो कार्यक्रम १०८ वटा नगरपालिकामा विस्तार भई सडक, नाला, बसपार्क, सार्वजनिक पार्क र बजार केन्द्र निर्माण कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।”

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार पराल वा खरको छाना भएको घरको सङ्ख्या दुई लाख ६० हजार छ रहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत पराल वा खरको छाना भएका घरपरिवारहरुलाई जस्तापाताको छानामुनि ल्याउने उद्देश्यअनुरुप सुरक्षित नागरिक आवास कार्यक्रमको सुरुआत गरेको थियो ।

त्यस्तै, ३६ जिल्लाबाट सुरु भएको कार्यक्रम हाल ७४ जिल्लामा १५० निर्वाचन क्षेत्रमा रहेका दुई लाख १४ हजार २३० आवास सङ्ख्या स्वीकृत भएका छन् । नेपाल सरकारबाट स्वीकृत सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि, २०७५ अनुसार स्थानीय तहबाट उक्त कार्यक्रम हाल कार्यान्वयन भइरहेको मन्त्री सिंहले जानकारी दिनुभयो ।

सांसद सूर्यप्रसाद ढकालको प्रश्नमा उपप्रधानमन्त्री सिंहले सहरी विकास तथा भवन निर्माण विभागबाट २०७५ असार २८ मा कोहलपुर नगरपालिकाभित्र सिटी हल निर्माणका लागि माटो परीक्षण, आर्किटेक्चरल, स्ट्रकचरलसहित सम्पूर्ण डिजाइन तयार भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले