२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ: पर्यटनमन्त्री पाण्डे

२०८२, ३० असार सोमबार १७:४६

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उहाँले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको बताउनुभयो । हाल हिमालयन एयरलायन्समार्फत पोखरा–ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलायन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,“वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधार गरी निगमको बजार हिस्सा वृद्धि गर्न विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने वा रणनीतिक साझेदार भित्र्याएर संचालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पसहित सुझावहरू प्राप्त भएका छन् । उपलब्ध विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको आवश्यक सुधार गर्ने विषय मन्त्रालयको उच्च प्राथमिकतामा छ ।”

मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराउनुभयो । सरकारले हालसम्म ४७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रवर्द्धनका काम धमाधम भइरहेको उहाँको भनाइ थियो । मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो