२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटन क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

२०७४, २५ भाद्र आईतवार ११:५१

भदौ २५, काठमाडौँ। मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ । 

पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताउनुभयो । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो । 

उक्त बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि सञ्चारमाध्यमको भूमिका रहेपनि पूर्वाधार अभावका कारण सोचेजस्तो पर्यटक नेपाल आउन नसकेको स्पष्ट पार्नुभयो । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले नेपालमा पर्यटकीय सम्भावना रहेका स्थान अत्यधिक रहेकाले यसलाई चिनाउनका लागि पर्यटन पत्रकार सक्रिय हुनुपर्र्ने बताउनुभयो । 

सङ्घका संस्थापक अध्यक्ष स्व हरिराज जोशीको नाममा स्थापना भएको ‘हरिराज जोशी पर्यटन पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाललाई प्रदान गरिएको थियो ।सिलवालले आफूले पाएको पुरस्कारमा केही रकम थप गरी रु १० हजार रेडियो नेपालका बिरामी पत्रकार वासुदेव मुनाललाई प्रदान गर्ने घोषणा गर्नुभयो । रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै