३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रभु बैंकका ग्राहकले स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउने

३१ असार २०८२, मंगलवार १३:५४

काठमाडौँ | प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ललितपुरको झम्सिखेल र पुल्चोकस्थित होपफुल हराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू लिँदा विशेष छुट पाउने भएका छन् ।

सोसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र होपफुल हराइजन नेपालकी डा. प्रकृति प्रधान (कन्सल्टेन्ट साइक्रेयाट्रिस्ट) ले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होपफुल हराइजन नेपालबाट मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सेवा लिँदा विशेष छुट पाउनेछन् । उक्त कार्यक्रममा प्रभु बैंककी प्रिभिलेज बैंकिङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभिलेज कार्डमध्ये कुनै एक होपफुल हराइजन नेपाल प्रालिमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

होपफुल हराइजन नेपाल प्रालि नेपालको एक दक्ष एवं अनुभवी विशेषज्ञहरूको टोलीद्वारा निजीक्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ्य सेवाप्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली