२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न माग

२०८२, ३१ असार मंगलवार १५:४४

काठमाडौँ | राष्ट्रियसभाका सांसदहरुले ‘मर्यादित महिनावारी’ सम्बन्धी सङ्कल्प प्रस्ताव कार्यान्वयन गर्न तथा गर्मीयाममा सर्पदंशका बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सभाको आजको बैठकमा सदस्यहरुले सभाबाट पारित यस सङ्कल्प प्रस्तावको कार्यान्वयनका लागि सभाका अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा सांसदहरु गङ्गाकुमारी, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने र सुमित्रा बिसीले छाउगोठमा सर्पले डसेर महिलाको मृत्यु भएको भन्दै बालिका तथा महिलालाई सुरक्षित र मर्यादित महिनावारीका लागि आवश्यक कानुनी र संरचनागत सुधारका लागि आग्रह गर्नुभयो ।

महिनावरीको अवधिमा भोग्नुपर्ने बहिष्करण, हिंसा, विभेद तथा तीनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षा हुने गरेको छ । विभेदको अन्त्य, सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधारको आवश्यकता रहेको सो प्रस्तावमा उल्लेख छ ।

शून्य समयमा सांसद इन्दिरादेवी गौतमले गर्मीयाममा सर्पदंशका बिरामीलाई तुरुन्त औषधि र उपचारका उपलब्ध गराउने व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वर्षायाममा डेङ्गी, झाडापखाला र टाइफाइडजस्ता सङक्रमण फैलन सक्नेतर्फ सचेत गराउँदै आपत्कालीन सेवा बजेट व्यवस्थापनको माग गर्नुभयो ।

सांसद मायाप्रसाद शर्माले मध्यपश्चिम विश्वविद्यालयको व्यवस्थापन पक्ष अस्तव्यवस्त भएको भन्दै विद्यार्थीमैत्री नीति र कर्मचारीको व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षाका उपलब्ध गराउनुपर्ने राय व्यक्त गर्नुभयो ।

शून्य समयमा सांसद राधेश्याम पासवानले सौर्य जहाज दुर्घटनाका पीडित परिवारले न्याय नपाएको गुनासो गरिरहेका उल्लेख गर्दै यसबारे सम्बन्धित मन्त्रालयसँग जवाफ माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा