३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

३१ असार २०८२, मंगलवार १७:०३
काठमाडौँ |  राष्ट्रियसभाका सदस्यहरुले छाउपडी प्रथाको अन्त्य, सिँचाइको व्यवस्था, विद्युत् बक्यौता उठाउने र विपद्मा जोखिम न्यूनीकरणलगायत समसामयिक विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सभाको आजको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले अन्नको आयात बढ्नेतर्फ सङ्केत गर्दै अन्नभण्डारको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले मलखाद, बीउ र सिँचाइको उपलब्धता गराउन सरकारसँग माग गर्दै सुनकोशी मरिन डाइभर्सन, सुनकोशी कमला डाइभर्सन, चन्द्र नहर र बाग्मतीको व्यवस्थापन गर्न सुझाव दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अहिलेको अर्थतन्त्रको पुनःसंरचनाको आवश्यकता औँल्याउनुभयो । उहाँले सामुदायिक अर्थतन्त्रका सम्भावनबारे चर्चा गर्दै यसले नेपालको विशिष्टता र मौलितकतामा वस्तुवादी र सान्दर्भिक हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सर्पले डसेर ज्यान गुमाएकी कमला आउजीको घटनाको उदाहरण दिँदै त्यस्तो कुप्रथाको निरन्तरतालाई कुनै किसिमबाट प्रशय नदिन आग्रह गर्नुभयो । उहाँले बालिका तथा महिलाको सुरक्षाको प्रत्याभूतिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको छाउगोठमा महिलाको मृत्युबारे छानबिन गर्न माग गर्नुभयो । उहाँले छाउपडी गोठ पुनःनिर्माणमा रोक लगाउनुपर्ने बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हज गर्न जानेहरुको आकस्मिक उपचार, यातायात खर्चलगायत विषयमा सभाअध्यक्षमार्फत गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले ‘डाइर्भसन’कोे अभावले किसान सिँचाइ पम्पिङ सेट चलाएर खेती गर्न बाध्य भएका बताउनुभयो । उहाँले मधेश प्रदेशमा सिँचाइको अभावबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “देशको पुरानो चन्द्र नहरमा पानीको खाँचोमा पूर्ण रुपमा सिँचाइ  सुविधा दिन सकेको छैन । यसमा निर्भर किसान प्रभावित हुँदै आएका छन् ।”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्रलक्ष्मी गैरेले सिद्धबाबा सुरुङमार्ग  जोखिमपूर्ण भएको र दाउन्ने सडकखण्ड अवरुद्ध भएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले नियमअनुसार नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता उठाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उद्योगबाट बक्यौता उठाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । “हामीले एक सय, एक हजार, दुई हजार रुपैयाँ नागरिकले तिर्न नसके विद्युत् कटौती गर्छौं तर उद्योगहरुसँग अर्बौं रुपैयाँ अझ पनि उठाउन सकेका छैनौँ”, सांसद पासवानले भन्नुभयो ।
नेकपा (एमाले) का सांसद सोनामग्याल्जेन शेर्पाले नेपालभित्र बाहेक चीनबाट हिमताल विस्फोट भएर आउन सक्ने सम्भावनाबारे अध्ययन र बहसको आवश्यकता औँल्याउनुभयो । चीनसँगको समन्वयमा नेपालको  मौसम अनुमान प्रणाली जोडेर विश्लेषण हुनुपर्ने उहाँको भनाइ थियो । सांसद शेर्पाले हिमाल तथा हिमतालहरुको संरचना र अवस्थाबारे अध्ययनको खाँचो औँल्याउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली