2026-08-23 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय

बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो ।

चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शङ्कास्पद भएको आरोप लागेको थियो ।

इस्लामाबादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

“यो स्वतन्त्र र प्राविधिक रूपमा संचालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,” एक विज्ञप्तिमा भनिएको छ ।

युरोपेली नियामकहरूले पिआईएमाथिको चार वर्षको प्रतिबन्ध हटाएपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले जनवरीदेखि युरोपमा उडान पुनः सुरु गरेपछि यो कदम चालिएको हो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध फुकुवा हुनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भन्नुभएको छ ।

“बेलायतले पाकिस्तानी उडानमा लगाएको प्रतिबन्ध हटाउनु बेलायतमा रहेका पाकिस्तानीहरूका लागि राहतको स्रोत हो,” उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ ।

पिआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै ‘सकेसम्म छोटो समयमा’ बेलायतका लागि सेवा पुनः सुरु गर्ने जनाएको छ ।
उड्डयन मन्त्री ख्वाजा आसिफले प्रतिबन्धका कारण पिआईए घाटा भएको स्वीकार्नुभएको छ ।

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पाकिस्तानी एयरलाइन्समा फेरि एकपटक विश्वास बहाल भइरहेको छ ।

करिब सात हजार जनालाई रोजगारी दिने पिआईएमाथि लामो समयदेखि बिल नतिरेको, कमजोर सुरक्षा रेकर्ड र नियामकीय समस्या रहेको र सेवा सञ्चालन रेकर्ड राम्रो नदेखिएको आरोप लाग्दै आएको छ ।

पाकिस्तान सरकारले ऋणमा डुबेको एयरलाइनलाई निजीकरण गर्न प्रतिबद्ध रहेको बताएको छ र क्रेता खोज्न कोसिस गरिरहेको छ ।

सन् २०२४ मा एक सम्भावित क्रेताले माग मूल्यको एक अंश मात्र दिने प्रस्ताव गरेपछि एउटा सम्भावित सम्झौता असफल भएको थियो ।
पिआईए सन् १९५५ मा अस्तित्वमा आएको थियो भने सन् १९९० को दशकसम्म तीव्र नाफामा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो