2026-09-13 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपामाथि प्रहार, नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाम र चुनाव चिह्न ‘घण्टी’ हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। आफूलाई अभियन्ताको रूपमा चिनाउँदै आएका युवराज सफलले बिहीबार आयोगमा दिएको निवेदनमा पार्टीको नाममा रहेको ‘स्वतन्त्र’ शब्दले स्वतन्त्र उम्मेदवारहरूको वैधानिक अधिकार र पहिचान मेटिएको भन्दै सो शब्द हटाउन माग गरिएको छ।

‘पार्टी स्वतन्त्र हुन सक्दैन । त्यसका आफ्ना विचार, सिद्धान्त र नीतिहरू हुन्छन्,’ सफलको निवेदनमा भनिएको छ, ‘स्वतन्त्र भन्ने शब्दले जनमतलाई भ्रमित पार्ने काम भएको छ । मतदाताको आँखामा छारो हाल्ने प्रयास हो।’

त्यस्तै, सफलले पार्टीको चुनाव चिह्न ‘घण्टी’ समेत हटाउन माग गरेका छन्। उनले हिन्दु धर्ममा पूजा–आराधनाका क्रममा प्रयोग हुने घण्टी धार्मिक आस्था, विश्वास र मूल्यसँग गाँसिएको प्रतीक भएको उल्लेख गरेका छन् ।

‘धार्मिक विश्वासको केन्द्र रहेका चिह्नलाई राजनीतिक प्रयोजनमा प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले निवेदनमा भनेका छन्, ‘यो धर्मनिरपेक्षताको मर्म विपरीत पनि हो।’ रवि लामिछानेको नेतृत्वमा गठन भएको पार्टी हाल संसद्को चौथो ठुलो दल हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले