2026-08-23 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काठमाडौँ | अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुआत मात्र हो ।
यो कटौतीले प्रविधि अर्बपति र ट्रम्पका पूर्व दाता एलन मस्कले सङ्घीय लागत कटौतीको नेतृत्व गर्ने भूमिकाबाट मेमा कटु बिदाई लिनुअघि फेला पार्ने प्रतिज्ञा गरेको वार्षिक १० खर्ब डलर बचतको धेरै सानो अंश मात्र हासिल गर्छ ।
तर भर्खरै अमेरिकी ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्ने अपेक्षा गरिएको घरेलु नीति विधेयक पारित गरेका रिपब्लिकनहरूले यो मतदानले बेलगाम खर्चलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावी प्रचार प्रतिज्ञालाई सम्मान गरेको बताएका छन् ।
“राष्ट्रपति ट्रम्प र सदनका रिपब्लिकनहरूले वित्तीय जिम्मेवारी र सरकारी दक्षताको प्रतिज्ञा गर्नुभएको थियो”, सभामुख माइक जोन्सनले मतदानपछि तुरुन्तै विज्ञप्तिमा भन्नुभयो, “आज, हामी फेरि एक पटक त्यो प्रतिज्ञा पूरा गर्दैछौँ ।”
कंग्रेसका दुवै सदन रिपब्लिकन–नियन्त्रित छन् । यसको अर्थ पार्टी–लाइन हाउस अफ रिप्रेजेन्टेटिभ्सले मध्यरातको केही क्षणपछि २१६ देखि २१३ को मत, सिनेटद्वारा पारित उपायलाई सदर गर्न पर्याप्त थियो ।
अधिकांश कटौतीले रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशहरूका लागि कार्यक्रमहरूलाई लक्षित गर्छ तर यो कदमले आगामी दुई वर्षमा कर्पोरेशन फर पब्लिक ब्रोडकास्टिङले प्राप्त गर्ने भनिएको एक अर्ब १० करोड डलर पनि खारेज गर्छ ।
कन्जर्भेटिभहरू प्रायः एक हजार पाँच सयभन्दा बढी स्थानीय सार्वजनिक रेडियो र टिभी स्टेसनहरूका साथै सार्वजनिक प्रसारणकर्ताहरू एनपिआर र पिबिएसमा जाने कोष अनावश्यक भएको र पक्षपातपूर्ण कभरेजलाई वित्त पोषित गरेको बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो