२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

३ श्रावण २०८२, शुक्रबार १३:४३
काठमाडौँ | अमेरिकी रिपब्लिकनहरूले शुक्रबार बिहान राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि नौ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन् । यो सङ्घीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको सुरुआत मात्र हो ।
यो कटौतीले प्रविधि अर्बपति र ट्रम्पका पूर्व दाता एलन मस्कले सङ्घीय लागत कटौतीको नेतृत्व गर्ने भूमिकाबाट मेमा कटु बिदाई लिनुअघि फेला पार्ने प्रतिज्ञा गरेको वार्षिक १० खर्ब डलर बचतको धेरै सानो अंश मात्र हासिल गर्छ ।
तर भर्खरै अमेरिकी ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्ने अपेक्षा गरिएको घरेलु नीति विधेयक पारित गरेका रिपब्लिकनहरूले यो मतदानले बेलगाम खर्चलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावी प्रचार प्रतिज्ञालाई सम्मान गरेको बताएका छन् ।
“राष्ट्रपति ट्रम्प र सदनका रिपब्लिकनहरूले वित्तीय जिम्मेवारी र सरकारी दक्षताको प्रतिज्ञा गर्नुभएको थियो”, सभामुख माइक जोन्सनले मतदानपछि तुरुन्तै विज्ञप्तिमा भन्नुभयो, “आज, हामी फेरि एक पटक त्यो प्रतिज्ञा पूरा गर्दैछौँ ।”
कंग्रेसका दुवै सदन रिपब्लिकन–नियन्त्रित छन् । यसको अर्थ पार्टी–लाइन हाउस अफ रिप्रेजेन्टेटिभ्सले मध्यरातको केही क्षणपछि २१६ देखि २१३ को मत, सिनेटद्वारा पारित उपायलाई सदर गर्न पर्याप्त थियो ।
अधिकांश कटौतीले रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशहरूका लागि कार्यक्रमहरूलाई लक्षित गर्छ तर यो कदमले आगामी दुई वर्षमा कर्पोरेशन फर पब्लिक ब्रोडकास्टिङले प्राप्त गर्ने भनिएको एक अर्ब १० करोड डलर पनि खारेज गर्छ ।
कन्जर्भेटिभहरू प्रायः एक हजार पाँच सयभन्दा बढी स्थानीय सार्वजनिक रेडियो र टिभी स्टेसनहरूका साथै सार्वजनिक प्रसारणकर्ताहरू एनपिआर र पिबिएसमा जाने कोष अनावश्यक भएको र पक्षपातपूर्ण कभरेजलाई वित्त पोषित गरेको बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य