२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले सविधान संशोधनको लागि सुरुमा कांग्रेसले कार्यदल गठन गरेर काम सुरु गर्ने बताए

२०८२, ३ श्रावण शुक्रबार १८:०३

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको लागि सुरुमा कांग्रेसले पार्टीभित्र कार्यदल गठन गरेर काम सुरु गर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको स्थापना दिवसको अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त जानकारी दिएका हुन् ।‘अस्तिको केन्द्रीय समितिको बैठकबाट हामीले दुइटा महत्वपूर्ण निर्णयहरू गरेका छौं, हामी कांग्रेस पार्टीभित्रै एउटा कार्यदल बनाउँछौँ। त्यो कार्यदलले पार्टीभित्र पनि सघन छलफल गर्छ, पार्टीको मत बनाउँछ,’ उनले भने, ‘पार्टीको मत बनाइसकेपछि त्यो कार्यदलले नेकपा एमालेसँग मिलेर सात बुँदामा व्यक्त भएको ढंगले अर्को कार्यदल बन्छ र त्यहाँ गएर पार्टीको दृष्टिकोण राख्छ।’

महामन्त्री थापाले कांग्रेस र एमालेका साझा दृष्टिकोणहरू बनिसकेपछि मात्रै माओवादीलगायतका अरू दलहरूसँग संवाद गर्ने बताए ।‘यसरी देशलाई हामी संविधान संशोधनको बाटोतिर लिएर जान्छौँ, हाम्रो बुझाइ प्रष्ट छ,’ उनले भने । संघीयताको झन्डै एक दशक लामो अभ्यासको क्रममा प्रदेश चल्ने तरिका र संघ सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको सबै अनुभव गरिएको थापाले बताए । उनले यही अनुभवको आधारमा संघीयताबारे निर्मम भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै भने, ‘संघीयता चलाउनका निम्ति हामीले केही कुराहरू संघले सबैभन्दा बढी छोड्नुपर्ने छ।’

महामन्त्री थापाले लामो छलफलपछि संघमा ७/८ वटा मन्त्रालय भए पुग्ने निष्कर्षमा पुगेको बताए । ‘संघमा जम्मा सात-आठवटा मन्त्रालय भए पुग्छ। संघीयतामा देश गइसकेपछि सबै अधिकार माथि लगेर हामीले माथि लगेर राखिरहेका छौँ। त्यहाँबाट सुरुवात गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी