२६ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्णिमाको ह्याट्रिकसहित नेपालको पहिलो हाफमै ६ गोल को अग्रता

४ श्रावण २०८२, शनिबार १५:५७

काठमाडौँ । पूर्णिमा राईले पहिलो हाफमै ह्‍याट्रिक गरेपछि बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत शनिबार भइरहेको भुटानसँगको खेलमा नेपालले पहिलो हाफमा फराकिलो अग्रता बनाएको छ । नेपाल पहिलो हाफमा ६-० ले अघि छ ।

पूर्णिमाको ३ गोलसँगै मीना देउवाले २ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । खेलको पहिलो मिनेटमा नै मीनाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

 

नवौं मिनेटमा समिक्षाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्किँदै गोलकिपरलाई लागेर पोस्टभित्र छिरेपछि नेपालको अग्रता दोब्बर भयो ।

१२औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरिन् । २३औं मिनेटमा मीनाको पासमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई ४-० को अग्रतामा पुर्‍याइन् ।

इन्जुरी समयको पहिलो मिनेटमा सरिता कुमारीको फ्रिकिकमा पूर्णिमा राईले हेडर गोल गर्दै अग्रता ५-० मा पुर्‍याइन् । इन्जुरी समयकै अन्तिममा पूर्णिमाले ह्‍याट्रिक पूरा गर्दा नेपाल ६-० ले अघि रह्‍यो ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो ।

दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको नेपालले श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो