2026-08-23 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

काठमाडौँ | सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको छ । छलफलमा भाग लिँदै सांसदहरूले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले वन्यजन्तुको सुरक्षा तथा मानव–वन्यजन्तु द्वन्द्व कम गर्न राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको हो ।

समितिका सभापति मायाप्रसाद शर्माले निकुञ्ज र मध्यवर्ती क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विस्तृत रूपमा छलफल गरेर सहकार्यमार्फत अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जभित्र खनिज पदार्थ भएमा के गर्ने ? कसरी व्यवस्थापन गर्ने ? यस विषयमा छलफल गरेर अगाडि बढ्नुपर्छ ।”

समितिका सदस्य मदनकुमारी शाहले निकुञ्जभित्र सवारीसाधनको ठक्करबाट वन्यजन्तुलाई जोगाउन ‘अन्डरपास’ र ‘ओभरपास’ का पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान कानुनमा भएका झन्झटिला प्रावधानका कारण देखिएका समस्या समाधानका लागि विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

छलफलमा भाग लिँदै सुमित्रा विसी, रुक्मिणी कोइराला, श्रीकृष्ण अधिकारी, नरबहादुर विष्टलगायत सांसदहरूले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न प्रावधानका विषयमा सरोकार भएका निकाय तथा विज्ञसँग छलफल गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो