2026-07-24 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारले हालै लोकसेवाको उत्तीर्ण गरेका ४५ जनालाई विमानस्थल अध्यागमनमा खटाउने

काठमाडौँ | गृह मन्त्रालयले हालै लोकसेवाको परीक्षा उत्तीर्ण गरेर तालिम लिएका ४५ जनालाई विमानस्थल अध्यागमनमा खटाउने भएको छ ।

गृहमन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको विवरण अनुसार, अध्यागमन सुधारका क्रममा हालै सेवा थालेका ४५ जना शाखा अधिकृतहरुलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको हो ।

 

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको जानकारी दिए। रिजालको पनि कार्यालयबाट सरुवा भइसकेको छ । तर, नयाँ सहसचिव हाजिर भइसकेका छैनन् ।

‘लोकसेवाबाट आएका अधिकृतहरुलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थल अध्यागमनमा खटाएको छ’, उनले भने । घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन् ।

केहीअघि गृह मन्त्रालयले विमानस्थलमा खटिएका ४५ शाखा अधिकृतलाई मन्त्रालय तानेको थियो । त्यसको बदलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विवरण अनुसार ४५ अधिकृतलाई खटाइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका उपसचिव सुरेश जोशीले विमानस्थलमा दरबन्दीभन्दा बढी अधिकृत भए उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमार्फत बाहिर पठाइने समेत बताए । उनले दरबन्दी अनुसार मात्रै अधिकृतहरु राखिने बताए ।

विमानस्थल अध्यागमनमा खटिएका कर्मचारीकै मिलेमतोमा भिजिट भिसाका नाममा मानव तस्करी भएको भन्दै ७ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थलमा छापा मारेको थियो । त्यसबेला तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए । अझै त्यो मामिलामा आयोगले छानबिन गरिरहेको छ ।

सरकारले समेत छानबिनका लागि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक