२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामार्फत बिपी कोइरालाले देखेको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको : ऊर्जामन्त्री खड्का

२०८२, ७ श्रावण मंगलवार १४:४०

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बीपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् ।

महामानव बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बीपी स्मरण कार्यक्रम’मा उनले ऊर्जामार्फत बिपी कोइरालाले देखेको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताएका हुन् । मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा स्मरण गरे।‘बीपी कोइराला अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उनको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्’, मन्त्री खड्काले भने ।

उनले बिपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको बताए। मन्त्री खड्काले बीपी कोइरालाको दीर्घ सङ्घर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरे। ‘बिपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो । तर, जनताप्रति विश्वास गुमाउनु भएन, आज पनि उनले देखाएको बाटो हाम्रो मार्गदर्शन हो’, उनले भने ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बिपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनको भनाइ थियो । मन्त्री खड्काले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे। मन्त्री खड्काले बिपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी