2026-09-13 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले लक्षित टिप्पणी :मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको छ

काठमाडौँ | नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष केपी ओलीलाई मरणोपरान्त नेतृत्व मान्ने भन्दै आरती उतार्ने काम भइरहेको टिप्पणी गरेका छन्। मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताए।

‘हाम्रो आन्दोलनको नेतृत्व अब २० वर्ष मेरो कुर्सी नहेर्नु, अर्कोले २० वर्ष त होइन १०/१५ वर्ष अरूलाई तयार गर्छु र छाड्छु’ उनले ओलीलाई लक्षित गर्दै भने, ‘अर्को जमात आजै च्यासलतिर १० वर्ष २० वर्ष होइन। तिमी आजीवन मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतार्ने काम भइरहेको छ। यो हाम्रो आन्दोलनको कस्तो विरोधाभास हो।’

उनले राष्ट्रिय स्वाभिमान बचाउन, संविधान जारी गर्न पनि सकिएको भएपनि घूस नखाने राज्य व्यवस्था बनाउन नसकिएको बताए।

उनले भने, ‘त्यत्रो क्रान्तिकारी पार्टी बनाउन सकिँदो रहेछ। घुस नखान सकिँदो रहेनछ। घुस खाने र पार्टी कब्जा गर्नको लागि गुटबन्दी नगर्न नसकिँदो रहेछ। दलाल पुँजीवादले हाम्रो क्रान्तिकारी आन्दोलनलाई सफल पार्न दिएको छैन।’

उनले राजनीति सत्ता केन्द्रित भएको दाबी गरे। उनले थपे, ‘जस्ता पनि गठबन्धन बनाउने र राज्य दोहन गर्ने राजनीति स्थापित भएको छ। यसले जनतामा असन्तुष्टि पैदा गरेको छ। र अराजक पपुलिस्ष्ट हाबी हुँदै छन्। ०८४ सम्म पनि सजिलो छैन अब, समाज उग्र हुँदै छ।’
उनले ०८४ को चुनाव बङ्गलादेश र पाकिस्तानको मोडलमा जानसक्ने आशङ्का गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले