२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले काठमाडौँ अध्यक्षकोआक्रोश:‘इतिहास साक्षी छ, विद्याझैँ पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न रोकेका थिए

८ श्रावण २०८२, बुधबार १२:१३

काठमाडौँ | नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्। यसै क्रममा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भण्डारीकै श्रीमान् मदन भण्डारीलाई सम्झिएका छन्।

उनले पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिइएको उल्लेख गरेका हुन्।

 

उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको, यसैगरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए।’

उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पनि पोखेका छन्।

उनले भनेका छन्, यसैगरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भेागेकै हो। केपी ओलीलाई मातहतमा नबेालाउन निर्देशन गरेर आन्देालन रेाकिएन। यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।

त्यस्तै एमालेकी केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि यस विषयमा टिप्पणी गरेकी छन्।

उनले भनेकी छन्, ‘कसैकसैलाई लागेको होला आज उसलाई पो भनेको त! आफूलाई पर्दा थाहा होला! गएर पिर बिसाउने ठाउँ पनि नपाउँदा।’

मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन निषेध गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो