2026-06-30 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भण्डारीले सदस्यता लिएपछि सर्त पालना नगरेको महासचिव पोखरेलको खुलासा

काठमाडौँ | नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सदस्यता लिएपछि सर्त पालना नगरेको खुलासा गरेका छन् । केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सर्तविपरीत भण्डारीले सदस्यता लिएको सार्वजनिक गर्दै सक्रिय राजनीतिमा होमिएको घोषणा गरेपछि एमालेले केन्द्रीय कमिटीबाटै रोक्ने निर्णय गर्नुपरेको खुलाए ।

“सदस्यता नवीकरण भएपछि सार्वजनिक नगरौँ, यो विशेष विषय हो, उपयुक्त समयमा सार्वजनिक गरौँ भन्ने सहमति थियो,” महासचिव पोखरेलले भने, “उहाँले नै सार्वजनिक गरेपछि हिजो निर्णयमा पुगेका हौँ ।”

उनले राजनीतिमै फर्कन मिल्दैन भन्ने एमाले केन्द्रीय कमिटीको निर्णयसँग सदस्यता स्वतः निष्क्रिय हुने तर्क गरे । “राजनीतिमा फर्किन मिल्दैन भन्ने निर्णय गरेपछि सदस्यताको विषय स्वतः निष्क्रिय भएको छ,” महासचिव पोखरेलले भने ।

एमालेले केन्द्रीय कमिटीबाट निर्णय गर्दा राष्ट्रपति गणतन्त्रको प्रतीक भएको भन्दै पदबाट बाहिरिएपछि पनि पूर्वराष्ट्रपतिको सम्मानमा बस्नुपर्ने भनेको थियो ।

“मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतीक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दल विशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ,” केन्द्रीय कमिटीको निर्णयमा भनिएको छ, “यसले जनता, प्रणाली, व्यवस्था र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ ।”

एकदिनमै एमालेले सार्वजनिक गरेको आदर्श अवधारणा सामान्य मनमुटावका कारण लिएको निर्णयमा परिणत भएको छ । महासचिव पोखरेलले भण्डारीले अहिले नै सदस्यता नवीकरण गरेको र सक्रिय राजनीतिमा फर्किने घोषणा नगरेको भए केन्द्रीय कमिटीले निर्णय नगर्ने र समय क्रममा सबै कुरा हुँदै जाने खुलासा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ