2026-08-23 01:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई ठूलो झट्का: ट्रम्पको आदेश संविधानविपरीत रहेको ठहर

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का लागेको छ । एक संघीय अदालतले बुधबार अमेरिकामा जन्मिने गैरकानुनी वा अस्थायी आप्रवासीका बच्चालाई नागरिकता दिने व्यवस्था खारेज गर्ने ट्रम्पको योजनालाई असंवैधानिक घोषणा गरेको छ ।

तीन न्यायाधीशको इजलासले ट्रम्पको आदेश संविधानविपरीत रहेको ठहर गरेको हो । “तल्लो अदालतको राष्ट्रपतिको आदेश अमेरिकी संविधानको उल्लंघन हो भन्ने निष्कर्ष सही छ । हामी त्यससँग पूर्णतः सहमत छौँ,” अदालतले भनेको छ, “संविधानको अवहेलना केवल राजनीतिक फाइदाका लागि गर्न मिल्दैन ।”

यसअघि सियाटलका जिल्ला न्यायाधीश जोन सी. कगनरले नै ट्रम्पको आदेशमा रोक लगाएका थिए ।

यस मुद्दामा अमेरिकी संविधानको १४औँ संशोधन अन्तर्गतको सिटिजनसिप क्लज प्रमुख आधार बनाइएको थियो । जसले भन्छ, “जो कोही व्यक्ति अमेरिकामा जन्मिन्छ वा कानुनीरूपमा नागरिकता प्राप्त गर्छ, ऊ अमेरिकी नागरिक हो ।”

ट्रम्प प्रशासनको ‘अमेरिकी जुरिस्डिक्सन’को अर्थ केवल अमेरिकामा जन्मिनुमात्र होइन । सँगै बालबालिकाका अभिभावकको कानुनीस्थिति पनि महत्त्वपूर्ण हुन्छ भन्ने तर्क थियो ।

वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगन राज्यले अदालतमा दायर रिट निवदेनमा अमेरिकाका केही राज्यमा जन्मसिद्ध नागरिकता लागु भए र अन्य राज्यमा नभए अराजकता फैलिन सक्ने तर्क गरेका थिए ।

अदालतले यस तर्कलाई स्वीकार्दै ट्रम्पको आदेश देशभर लागु गर्न नपाइने निर्णयलाई कायम राखेको हो । यस मुद्दामा ट्रम्पद्वारा नियुक्त न्यायाधीश पैट्रिक बुमाटायले बहुमतको निर्णयसँग असहमति जनाएका छन् । “राज्यहरूलाई यस्तो मुद्दा दायर गर्न कानुनी अधिकार छैन,” उनले भने ।

यद्यपि, उनले ट्रम्पको आदेश संविधानसम्मत हो वा होइन भन्नेबारे केही टिप्पणी गरेका छैनन् ।

यो फैसलापछि ट्रम्प प्रशासन वा उनका समर्थकहरूले सुप्रिम कोर्ट (सर्वोच्च अदालत) मा अपिल गर्न सक्ने बताइएको छ । तर, हालका लागि ट्रम्पको आदेश निलम्बित नै रहने र अमेरिकामा जन्मसिद्ध नागरिकताको व्यवस्था पहिलेझैँ प्रभावकारीरूपमा लागु हुने बताइएको छ ।

यससम्बन्धी अमेरिकाभर नौवटा छुट्टाछुट्टै मुद्दा दायर भइसकेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो