2026-09-19 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

खेलाडीको सम्मानमा जोड : पौडेल

भदौ २८, इटहरी। नेकपा(एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको विचार व्यक्त गर्नुभएको छ । 

नेता पौडेलले आज इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि देशमा संवैधानिक रिक्तता ल्याएर अस्थिरता पैदा गर्न खोज्ने षड्यन्त्रका विरुद्ध सबैले मिलेर पर्दाफास गर्न जरुरी रहेकामा जोड दिनुभयो । 

उहाँले अब सबै नेपाली मिलेर संविधानका पूर्ण कार्यान्वयनसँगै देशलाई समृद्ध पार्ने साझा अभियानमा एक ढिक्का भएर अघि बढ्न जरुरी छ भन्नुभयो । 

पूर्व युवा, खेलकुद तथा संस्कृतिमन्त्री पौडेलले नेपालको समग्र विकासका लागि खेल क्षेत्र महत्वपूर्ण भए पनि अझै सरकारले खेल क्षेत्रतर्फ पर्याप्त लगानी गर्न नसकेको अवस्था रहेको बताउँदै नेपाली खेलाडीले नेपालको गौरव राख्दै नेपालीका शिर उठाउने काम गरिरहेकाले तिनको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल फुटसल संघका केन्द्रीय सदस्य एवं लगानीकर्ता रिजाल परिवार सदस्य सिनेट रिजालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सांसद रेवतीरमण भण्डारी, उपमहानगर उपप्रमुख लक्ष्मी गौतम र फुटसल खेल मैदान संरक्षक विश्वप्रसाद रिजाललगायतले बोल्नुभएको थियो । 

एक सय चार फिट लम्बा तथा ५८ फिट चौडा भएको फुटसल खैदान रु ६५ लाखको लागतमा बनेको लगानीकर्तामध्येका विष्णु रिजालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई