2026-08-23 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले वेबसाइटबाट हटायो पूर्वराष्ट्रपति भण्डारीको नाम

काठमाडौँ | नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विवरण आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ । पार्टीको सक्रिय राजनीतिमा फर्किने प्रयासमा रहेकी भण्डारीलाई सदस्यता नदिने केन्द्रीय कमिटीको निर्णयलगत्तै उनको विवरण पार्टीको अनलाइन प्रणालीबाट हटाइएको हो ।

एमालेको वेबसाइटमा रहेको ‘सदस्य खोज्नुहोस्’ अप्सनमा भण्डारीको नाम वा उनको पुरानो सदस्यता नम्बरबाट खोज्दा ‘कुनैपनी डाटा भेटिएन’ भन्ने सन्देश देखिन्छ । योसँगै पार्टीले उनलाई औपचारिक र प्राविधिक दुवै रूपमा सदस्यको सूचीबाट बाहिर राखेको सङ्केत दिएको छ ।

 

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा मंगलबार केन्द्रीय समितिको बैठकलगत्तै मध्यराति वेबसाइटमा भण्डारीको सदस्यता विवरण हटेको आफूले थाहा पाएको बताए ।

“भण्डारीले २०८१ सालमै उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । ६४४ नम्बरमा पार्टी सदस्यता छ । वेबसाइटमा राखिएको चिज राति हटाइयो भन्ने सुन्दैछु,” पोखरेलले भने ।

एमालेभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र पूर्वराष्ट्रपति भण्डारी पक्षबिच केही समययता शक्ति सङ्घर्ष चल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो